election background

प्रतिनिधि सभा निर्वाचन २०८२

पर्सा जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भए रास्वपा सभापति लामिछाने

पर्सा जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भए रास्वपा सभापति लामिछाने
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको मुद्दामा १ करोड रुपैयाँ धरौटी पर्सा जिल्ला अदालतमा बुझाएर रास्वपा सभापति रवि लामिछाने रिहा भएका छन्। 

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले उक्त सहकारीको ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित लामिछानेसहित २९ जनाविरुद्ध गत जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो। साथै उनिविरुद्ध संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत सरकारी वकिलको कार्यालयले अदालत समक्ष माग गरेको थियो। 

त्यही मुद्दामा पर्सा जिल्ला अदालतमा न्यायाधीश रुद्र सुवेदीको इजलासमा मंगलबार थुनछेक बहस भएको थियो। बयान र थुनछेक बहसका लागि मंगलबार पर्सा जिल्ला अदालतमा लामिछाने स्वयं उपस्थित भएका थिए। सुवेदीको इजलासले थुनछेक बहसपछि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी रकम माग गरेको थियो। त्यसपछि उनि १ करोड रुपैयाँ रकमको प्रभु बैंकको ग्यारेन्टी बुझाएर मंगलबार नै रिहा भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए। 

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो। त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाउपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।

मंगलबार अदालतमा धरौटी बुझाएर रिहा भएलगत्तै लामिछाने आफ्नो निर्वाचन क्षेत्र चितवन–२ मा मनोनयन दर्ता गराउन वीरगन्जबाट प्रस्थान गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.