election background

प्रतिनिधि सभा निर्वाचन २०८२

बारामा एक सय १२ जनाले गरे मनोनयन दर्ता

बारामा एक सय १२ जनाले गरे मनोनयन दर्ता

सिमरा: प्रतिनिधिसभा निर्वाचनका लागि बाराका चारवटा निर्वाचन क्षेत्रबाट एक सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार बारा–१ मा २० जना, बारा–२ मा २९ जना, बारा–३ मा २४ जना र बारा–४ मा ३९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बारा–१ मा नेकपा एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, नेपाली कांग्रेसबाट शम्भुबहादुर बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमाल, नेकपाबाट सन्तोष दंगाल, जनता समाजवादी पार्टी नेपालबाट रामबाबु यादव, जनमतबाट कमरुल्लाह अंसारीसहित २० जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

बारा क्षेत्र नं. २ मा एमालेबाट बलबीर चौधरी, कांग्रेसबाट भैयाराम यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दन सिंह, नेकपाबाट रमेशप्रसाद यादव, जसपा नेपालबाट रामकिशोर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबाबु साह तेली, जनमतबाट राजेश साहलगायतले उम्मेदवारी दर्ता गरेका छन् ।

बारा–३ मा एमालेबाट पूर्वमन्त्री ज्वालाकुमारी साह, कांग्रेसबाट पूर्वमन्त्री फरमुल्लाह मंसुर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अरविन्द साह, नेपाली कम्युनिस्ट पार्टीबाट भरतप्रसाद साह, जसपा नेपालबाट रामबाबु कुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्रप्रसाद जैसवार, जनमतबाट प्रमोद गुप्ता, उज्यालो नेपाल पार्टीबाट तीर्थबहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट मुमताज बेगम, आम जनता पार्टीबाट लक्ष्मण लामा, राष्ट्रिय जनमोर्चाबाट बालकृष्ण शर्मालगायतको मनोनयन दर्ता भएको छ ।

बारा–४ मा भने पूर्वमन्त्री, पूर्व आईजीपीसहित ३९ जनाले मनोनयन दर्ता गरेका छन् । बारा–४ मा एमालेबाट पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), कांग्रेसबाट श्यामबाबु गुप्ता, रास्वपाबाट रहबर अंसारी, जसपाबाट सन्जु साह कानु, राप्रपाबाट दिलिपकुमार शर्मा, जनमतबाट हसनजान मियाँ, समुन्नत नेपालबाट पूर्व आईजीपी सर्वेन्द्र खनाल, उज्यालो नेपालबाट सन्तोषकुमार गुप्ता, श्रम संस्कृति पार्टीबाट गोपालबहादुर खत्री, राष्ट्र निर्माण दल नेपालबाट समीम मियाँ अंसारी, राष्ट्रिय एकता दलबाट विनय यादवसहित ३९ जना छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.