election background

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रतिनिधि सभा निर्वाचन : दल कमजोर, स्वतन्त्रको उभार

प्रतिनिधि सभा निर्वाचन : दल कमजोर, स्वतन्त्रको उभार
सुन्नुहोस्

महोत्तरी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि देशभरबाट ३ हजार ४ सय ८४ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। १६५ सिटका लागि परेको यो दाबी २१ गुणासम्मको प्रतिस्पर्धा हो। तर संख्या मात्रै रोचक छैन, कस्तो राजनीतिक संकेत बोक्छ? भन्ने प्रश्न अझ जटिल रहेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार राजनीतिक दलको तर्फबाट २ हजार २ सय ९७ र स्वतन्त्रबाट १ हजार १८७ उम्मेदवारी परेका छन्। यो अनुपातले यसपटक दलभित्रको टिकट असन्तोष, आन्तरिक विभाजन र राजनीतिक अवसरवाद दुवैको संकेत गर्छ।

गत निर्वाचनतर्फ हेर्ने हो भने स्वतन्त्र उम्मेदवारको संख्या र प्रभाव दुवै बढ्दै गएको देखिन्छ। महानगरीय क्षेत्रमा बालेन शाह, हर्क साम्पाङ, गोपाल हमाल जस्ता स्वतन्त्रको उदयले दलहरूको पकड कमजोर भएको सन्देश दिएको थियो। यो मनोनयन तथ्यांकले त्यसलाई राष्ट्रिय स्तरमा विस्तार भइरहेको देखाउँछ।

यतिबेला दलहरूले टिकट वितरणमा आन्तरिक द्वन्द्व, गुटीय हिस्साबाँड र सन्तुलनको बाध्यता भोगिरहेका छन्। प्रभावशाली नेताका नातेदार, समूहगत भागबन्डा र गठबन्धनका हिसाबले भएका मनोनयनले आधारभूत संगठनात्मक मेरिटलाई पछाडि धकेलेको देखिन्छ।

यो अवस्थाले धेरै असन्तुष्ट उम्मेदवारलाई स्वतन्त्रतर्फ धकेलेको आयोगका अधिकारीहरू बताउँछन्। दलहरूमा प्रवेशबाट लाभ नदेख्ने, वा टिकटबाट वञ्चित हुने समूह स्वतन्त्रतर्फ बढेको छ। यस्तो वृद्धि २०८२ को निर्वाचनमा दलविरुद्ध मत र मनोविज्ञान दुवै सक्रिय भएको संकेत हो।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार उम्मेदवारी दिएकाहरूमध्ये उमेरगत संरचनातर्फ हेर्दा ३६ देखि ५० वर्षसम्मका उम्मेदवार  १ हजार ६१० छन्, जुन राजनीतिक बजारको सक्रिय उमेर समूह मानिन्छ। तर ६५ वर्ष माथिका २०१ उम्मेदवारको उपस्थिति पनि कम छैन, जसले पुराना राजनीतिक संरचनाका पात्र अझै मैदानमा रहेको देखाउँछ।

यसबीच तेस्रो लिङ्गीबाट एक जनामात्र मनोनयन परेको तथ्यले समावेशी राजनीतिक संरचनाका दाबीहरू अझै कागजी सीमामा रहेको प्रष्ट भएको छ। अब मनोनयन दर्तापछि उजुरी, अन्तिम नामावली र चुनाव चिन्ह वितरणको प्रक्रिया अघि बढ्दैछ। तर दलका लागि वास्तविक चुनौती भने चुनावी दिनमा नभई त्यसअघि जनभावना व्यवस्थापनमा देखिन सक्छ। दलभित्रको फुट, स्वतन्त्रको उभार र गठबन्धनको गणित २०८२ को निर्वाचनलाई सामान्य प्रतिस्पर्धा होइन, प्रणालीगत परीक्षण बनाइदिएको बहस चुलिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.