election background

प्रतिनिधि सभा निर्वाचन २०८२

बंगलादेशको ठाउँमा स्कटल्यान्डलाई विश्वकप खेलाउने आइसीसीको निर्णय

बंगलादेशको ठाउँमा स्कटल्यान्डलाई विश्वकप खेलाउने आइसीसीको निर्णय
सुन्नुहोस्

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले भारत र श्रीलंकामा संयुक्तरुपमा आयोजना हुने टी-२० विश्वकपमा बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरेको छ।

बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आइसीसीले वरीयतामा माथि रहेको स्कटल्यान्डलाई अवसर प्रदान गरेको हो। 

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा सुरक्षा चुनौतीका कारण आफ्ना खेलहरू श्रीलंकामा खेल्न पाउनुपर्ने माग राख्दै आएको थियो। तर, आइसिसीले भारतमा कुनै पनि किसिमको सुरक्षा चुनौती नरहेको भन्दै बंगलादेशको अपीललाई अस्वीकार गरेको थियो।

गत मंगलबार आइसीसीले बीसीबीलाई आफूहरूको निर्णय पठाउन बिहीबारसम्मको समय दिएको थियो। बिसीबीले आफूलाई बंगलादेश सरकारले भारतमा खेल्न जाने अनुमति नदिएको भन्ने सूचना दिइसकेपछि आइसिसीले स्कटल्यान्डलाई तालिकामा समावेश गरेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.