election background

प्रतिनिधि सभा निर्वाचन २०८२

टेष्ट राष्ट्रविरुद्ध नेपालको पहिलो जित, सुपरसिक्स पुग्ने सम्भावना जीवितै

टेष्ट राष्ट्रविरुद्ध नेपालको पहिलो जित, सुपरसिक्स पुग्ने सम्भावना जीवितै

काठमाडौं : नेपाली महिला क्रिकेट टिमले आज पूर्ण सदस्य राष्ट्र जिम्बावेलाई ६ विकेटले हरायो। शनिबार त्रीवी क्रिकेट मैदानमा भएको आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह बी अन्तर्गत रहेको नेपालले जिम्बावेलाई हराउँदै पहिलो जित दर्ता गर्यो।

टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालले जिम्बावेलाई निर्धारित २० ओभरमा १२९ रनमा रोक्यो। १३० रनको विजयी लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रनसहित लक्ष्य पुरा गर्यो। नेपालको जितमा उपकप्तान पूजा महतोले ५२ रनको अर्धशतकीय अविजित पारी खेलिन्। नेपालका ओपनरद्वय विन्दु रावल र सम्झना खड्काले सुरुवाती दुई खेलमा जस्तो राम्रो सुरुवात दिन सकेनन् । आज मध्यक्रममा इन्दु बर्मा र पूजा महतोले खेललाई लिएर गए। इन्दुको विकेट गएपछि क्रिजमा सीता राना मगरले पनि पूजाको राम्रो साथ दिइन्। त्यसपछि पाँचौं विकेटको रुपमा रुबिना क्षेत्री मैदान प्रवेश गरिन्। उनले पनि पूजालाई राम्रो साथ दिँदै नेपाललाई प्रतियोगिताको पहिलो जित दिलाए।

बलिङमा युवा खेलाडी रिया शर्माले दुई विकेट लिइन्। उनलाई कविता कुँवर, पूजा महतो, सीता राना मगर र रुबिना क्षेत्रीले साथ दिए। नेपालको बलिङ राम्रो रह्यो। तर नेपालको जितमा जिम्बावेको फितलो बलिङ पनि एक महत्वपूर्ण पक्ष रह्यो। निर्धारित २० ओभरमा जिम्बावेले २१ रन एक्स्ट्रा मार्फत नेपाललाई उपहार दियो। जिम्बावेका लागि कुट्जाई चिगोराले पाँचौं ओभरमा ६ वटा वाइड फालिन्। यो ओभर नेपालका ब्याटरहरुले रन जोड्न नसकेपनि वाइड मार्फत जिम्बावेकी बलरले नेपाललाई १ ओभरमा ६ वाइडसहित १० रन खर्चिइन्।

नेपाल र जिम्बावे बीचको खेल नेपाली महिला क्रिकेटको लागि ऐतिहासिक खेल थियो। नेपालले पुर्ण सदस्य प्राप्त राष्ट्रलाई पहिलो पटक पराजित गरेको हो। पहिलो पटक टी-२० विश्वकपको ग्लोबल छनोटमा खेलिरहेको नेपालले पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेट लिएर नेदरल्यान्डसँग दुई रनले पराजित भएको थियो।

त्यसपश्चात नेपालले सुपर सिक्समा खेल्ने सम्भावना जीवित पार्नको लागि पनि आजको खेल निकै महत्त्वपूर्ण थियो। पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रको महिला टिमलाई हराएपछि प्रशिक्षक हर्षल पाठक भन्छन्,‘जब टिममा विश्वास हुन्छ, योजना र पद्धतिमाथि विश्वास हुन्छ तब प्रतिस्पर्धी को हो भन्ने त्यति धेरै महत्व राख्दैन। यस्तो खण्डमा नतिजा निस्किन्छ।’

आज जितपछि नेपाली राष्ट्रिय टिमकी उपकप्तान पूजा महतो भन्छिन्,‘घरेलु मैदानमा खेलिरहेका थियौँ। पछिल्ला कुनै पनि खेलहरू जित्न सकिरहेका थिएनौँ। आज अलि प्रेसर पनि थियो। जसरी पनि जित्नुपर्छ भन्ने थियो।’ पूजाले गीतसँगै अन्तर्राष्ट्रिय टिट्वेन्टी क्रिकेटमा आफ्नो तेस्रो अर्धशतक पूरा गरिन्। घरेलु मैदान र घरेलु समर्थकहरूको बीचमा तेस्रो अर्धशतक पूरा गर्न पाउनु आफ्नो लागि निकै खास रहेको पूजाले बताइन्।,‘ अस्तिको खेल(नेदरल्यान्डसँगको खेल) मा मैले राम्रो गर्न सकेको थिइन मलाई एकदमै नराम्रो लागिरहेको थियो। त्यतिबेला कप्तान इन्दु बर्मा र प्रशिक्षक हर्षल सरले मलाई सम्झाउनुभयो । तिमीसँग क्षमता छ तिमी गर्न सक्छौ भन्नुभयो। त्यही विश्वासका साथ आज खेलें।’ उनले प्रशिक्षक हर्ष निकै सकारात्मक रहेको र आफूलाई प्रेरणा दिने बताइन्। ‘उहाँले हामीलाई प्रशिक्षण दिन थाल्नुभएको एक महिना पनि पूरा भएको छैन। तर उहाँको सकारात्मक प्रभाव टिममा देखिएको छ धेरै कुराहरु सुधार भइरहेका छन्।’

प्रशिक्षक हर्षल नेपाली टिम निकै क्षमतावान रहेको बताउँछन्। पहिलो जितपछि पत्रकारहरुसँग कुरा गर्दै प्रशिक्षक हर्षलले भने,‘ म पहिलो जित पछि निकै खुसी छु। यो टिमसँग राम्रो क्षमता छ।’ आजको खेलको जितमा इन्दु र पूजाको साझेदारी महत्वपूर्ण रहेको प्रशिक्षक हर्षलले बताए, ‘हामी यस अघिको खेलमा पनि थोरै कमजोरीहरुले गर्दा हार्न पुग्यौ तर आजको खेलमा पूजा र इन्दुको साझेदारीले खेल जित्न महत्वपूर्ण योगदान दियो।’ जिम्बावेसँगको खेलमा तेस्रो विकेटका लागि पूजा महतो र इन्दु बर्माले। रनको साझेदारी गर्दै टिमलाई जिततर्फ उन्मुख गरेका थिए।

आजको खेलमा महिला क्रिकेटको समर्थकहरू पनि निकै राम्रो सङ्ख्यामा उपस्थित थिए। यसअघि त्रिवी मैदानमा महिला राष्ट्रिय टिमको खेल हेर्न यति धेरै संख्यामा समर्थक उपस्थित हुँदैनथे। पहिलो पटक नेपाल क्रिकेट संघले आइसीसीको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेको हो। मा नेपाली समर्थकहरू जोडिनु सुखद पक्ष हो। प्रतियोगिता अवधिभरका लागि नेपाल क्रिकेट सङ्घले समर्थकका लागि निःशुल्क प्रवेश राखेको छ। को आधारमा आज समर्थकहरू राम्रो सङ्ख्यामा उपस्थित थिए। शनिबारको खेल भएका कारण लगभग २ हजार भन्दा माथिको सङ्ख्यामा समर्थक उपस्थित थिए। समर्थकको उपस्थितिले पनि खेलाडीलाई राम्रो ऊर्जा मिलेको प्रशिक्षक हर्षलले खेलपछिको पत्रकार सम्मेलनमा भनेका थिए,‘आजको जितमा समर्थकको पनि ठूलो भूमिका रहेको छ। म त अझै धेरै सङ्ख्यामा आएर हामीलाई समर्थन गरिदिनुस् भन्न चाहन्छु।’

सीताको १ हजार रन पूरा
नेपाली राष्ट्रिय क्रिकेट टिमको पहिलो ब्याचको खेलाडी सीता राना मगरले ६७ औं टी २० अन्तर्राष्ट्रिय खेलमा १ हजार रनको कोसेढुङ्गा पूरा गरेकी छन्। नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा १ हजार रनको रेकर्ड पूरा गर्ने सीता तेस्रो खेलाडी हुन् । यसअघि कप्तान इन्दु बर्मा र पूर्व कप्तान रुबिना क्षेत्रीले १ हजार रनको कोसेढुङ्गा पुरा गरेका छन्। रुबिना क्षेत्रीले यसै प्रतियोगिताको नेदरल्यान्ड्ससँगको खेलमा १ हजार रनको रेकर्ड पूरा गरेकी थिइन्।

सीताले हालसम्म ६७ वटा खेलमा ६३ इनिङ्स खेल्दै एक अर्धशतक सहित १ हजार ३ रन पूरा गरेकी हुन्। आजको खेलमा १८ औँ ओभरमा सीताराना मगर घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन्। उनलाई १७.३ ओभरमा रन लिने क्रममा जिम्बावेका खेलाडीले फालेको बलले खुट्टामा लागदा उनी घाइते भएकी थिइन्। तर उनको अवस्था सामान्य रहेको खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक हर्षलले बताएका थिए। ‘दुर्भाग्यवश आज सीता घाइते भएर मैदान बाहिर आउनुपर्यो। मलाई प्राप्त जानकारी अनुसार उनी अहिले ठीक छिन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.