election background

प्रतिनिधि सभा निर्वाचन २०८२

सातै प्रदेशमा मतदान

राष्ट्रिय सभा निर्वाचन आज, एमाले-कांग्रेस गठबन्धन के होला ?

राष्ट्रिय सभा निर्वाचन आज, एमाले-कांग्रेस गठबन्धन के होला ?

काठमाडौं : राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने जानकारी दिए। 

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ। जसमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ। नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआएपछि थापा निर्विरोध भएका थिए। यता एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन्। बाँकी १७ सदस्यका लागि आज निर्वाचन हुँदैछ।

आयोगका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सातवटै प्रदेशमा मतदान केन्द्र रहनेछन्। निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष मतदाता हुन्छन्। राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहलाई १९ मतभार र प्रदेश सभा सदस्यतर्फ ५३ मतभार कायम गरिएको छ। केही प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षले राजीनामा दिई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरूको नाम हटाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। 

निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये कांग्रेस र एमालेले भागबन्डा गरेर क्रमशः ९ र ८ सिटमा उम्मेदवारी दिएका छन्। बाँकी एउटा पदमा लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेका छन्। कांग्रेसको आन्तरिक विवादले विशेष महाधिवेशन भएकाले गठबन्धनको समीकरण कस्तो रहन्छ मत परिणाममा देखा पर्नेछ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन्।

भागवण्डा अनुसार कोशी प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन्। मधेश प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान, रन्जित कर्ण र एमालेका रेखा झा उम्मेदवार छन्।

बागमती प्रदेशमा कांग्रेसले गीता देवकोटा र एमालेले प्रेम दंगाललाई उम्मेदवार बनाएको छ। गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट र सम्झना देवकोटा उम्मेदवार छन्। लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेबाट रामकुमारी झाक्री उम्मेदवार छन्।

कर्णाली प्रदेशमा कांग्रेसबाट ललितजंग शाही, एमालेबाट मिना रखाल, सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी उम्मेदवार रहेका छन्।नेपाली कम्युनिस्ट पार्टीले सबैतिर एकल उम्मेदवारी दिएको छ। 

नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास र नमिता न्यौपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झा, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, बृहस्पति, अधिकारी र सर्जन बिक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.