election background

प्रतिनिधि सभा निर्वाचन २०८२

मेची भन्सारबाट ७ अर्ब १९ करोडको अलैंची निर्यात

मेची भन्सारबाट ७ अर्ब १९ करोडको अलैंची निर्यात
फाइल तस्बिर
सुन्नुहोस्

झापा : चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधिमा पूर्वी नाका काँकडभिट्टाबाट अलैंची, छुर्पीलगायत वस्तुको निर्यातमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा ७ अर्ब १९ करोड ९५ लाख ४ हजार रुपैयाँ मूल्यबराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैंची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा अलैंचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताए ।गत आवको साउनदेखि पुससम्म ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्यबराबरको अलैंची पूर्वी नाकाबाट निर्यात भएको थियो । कुकुर र बिरालोको खानाका रूपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा ६६.२ प्रतिशतले वृद्धि भएको हो ।

चालु आवको ६ महिनामा ७६ करोड ५ लाख ३ हजार रुपैयाँ मूल्यबराबरको ४ लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ । गत आवको सोही अवधिमा ४५ करोड ७६ लाख ३४ हजार रुपैयाँ मूल्यबराबरको २ लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको भन्सारले जनाएको छ ।

भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको छ । चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा ऋणात्मक रहेको छ । चालु आव २०८२/८३ को छ महिनामा ५३ करोड ४ लाख ९६ हजारको भेनियर सिट र ९ करोड १२ लाख ८७ हजार रुपैयाँ मूल्यको मुसुरो दाल निर्यात भएको छ ।
गत आवको तुलनामा मुसुरो दाल ४८१ प्रतिशतले र भेनियर सिट १०९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । अर्धवार्षिक अवधिमा चियाको निर्यातमा २६.४ प्रतिशतले र प्लाइउडको निर्यातमा ४४.५ प्रतिशतले गिरावट आएको मेची भन्सारले जनाएको छ । चालु आवको छ महिनामा २ अर्ब १७ करोड ८७ लाख ५ हजार मूल्यबराबरको चिया र १ अर्ब ९ करोड ७४ लाख ३ हजार रुपैयाँ मूल्यबराबरको प्लाइउड निर्यात भएको छ । गत आवको सोही अवधिमा २ अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ मूल्यबराबरको चिया र १ अर्ब ९७ करोड ७६ लाख ४६ हजार मूल्यबराबरको प्लाइउड निर्यात भएको थियो । 

यसैगरी, चालु आव २०८२/८३ को पुससम्मको अर्धवार्षिक अवधिमा ३३ करोड ८९ लाख ३ हजारको अम्लिसो, ५० करोड १७ लाख ३२ हजारको अदुवा र सुठो, ११ करोड ३१ लाख ९१ हजारको काउली, बन्दाकोभी र ब्रोकाउली र ५ करोड ७४ लाख २७ हजार रुपैयाँ मूल्यबराबरको जडीबुटी निर्यात भएको भन्सारका सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.