क्यानडामाथि ट्रम्पको कर लगाउने निर्णयविरुद्ध अमेरिकी कांग्रेसद्वारा मतदान
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा लगाएको करको विरोधमा अमेरिकी कांग्रेस सांसदले मतदान गरेका छन्। क्यानडामाथि ट्रम्पको कर खारेज गर्ने प्रस्ताव प्रतिनिधि सभामा २१९ मत पक्षमा र २११ मत विपक्षमा परेका छन् । यो सँगै ट्रम्पले क्यानडामाथि लगाएका ट्यारिफ (कर) फिर्ता लिने विधेयक पारित भएको छ।
ट्रम्पको पार्टी रिपब्लिकनका छ जना सांसदले प्रस्तावको समर्थनमा मतदान गरे भने डेमोक्र्याटिक पार्टीका एक सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका छन् । यो प्रस्ताव अब अमेरिकी संसदको दोस्रो सदन सिनेटमा जानेछ, जहाँ रिपब्लिकन पार्टीको बहुमत छ। सिनेटबाट पारित भए पनि यो कानून बन्ने सम्भावना कम देखिएकाे छ।
मतदानको क्रममा, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा रिपब्लिकन सांसदहरूलाई चेतावनी दिदै लेखेका थिए, करको विरुद्धमा मतदान गर्ने जो कोहीले पनि चुनावको समयमा 'गम्भीर परिणाम' भोग्नेछन्।
ट्रम्पका अनुसार क्यानडाले धेरै वर्षदेखि व्यापारमा अमेरिकाको 'फाइदा' उठाइरहेको छ। जसका कारण ट्रम्पले क्यानडामा विभिन्न शुल्क लगाएका छन्। हालै ट्रम्पले क्यानडा र चीन बीचको प्रस्तावित व्यापार सम्झौताको प्रतिक्रियामा क्यानडामाथि १०० प्रतिशत शुल्क लगाउने धम्की दिएका छन्।
प्रतिक्रिया दिनुहोस !