विश्वकै ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

विश्वकै ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश
सुन्नुहोस्

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममाथि दबाब बढाउँदै दोस्रो विमानवाहक युद्धपोत मध्यपूर्व पठाउन लागेको समाचार संस्था अल जजिराले लेखेको छ ।

शुक्रबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले यूएसएस जेराल्ड आर फोर्ड क्यारिबियनबाट ‘चाँडै’ मध्यपूर्वतर्फ प्रस्थान गर्ने पुष्टि गरेका छन् । ओमानमा गत साता भएका अप्रत्यक्ष वार्तापछि क्षेत्रीय तनाव उच्च रहँदै आएको छ । ‘हामीलाई आवश्यक परे, हामीसँग अत्यन्त ठूलो सैन्य शक्ति तयार हुनेछ’, ट्रम्पले भने । उनले वार्ता ‘सफल’ हुने विश्वास व्यक्त गर्दै इरानले सम्झौता गर्न असफल भए ‘इरानका लागि त्यो नराम्रो दिन हुने’ चेतावनी दिए ।

पछि ट्रम्पले इरानमा शासन परिवर्तन हुनु ‘हुन सक्ने सबैभन्दा राम्रो कुरा’ हुने बताए । ‘४७ वर्षदेखि उनीहरू कुरा गर्दै आएका छन् । यसबीचमा हामीले धेरै ज्यान गुमाएका छौं’, उनले भने । यो अभिव्यक्ति तेहरानले हालैका सरकारविरोधी प्रदर्शनहरू दमन गर्दा हजारौंको ज्यान गएको घटनातर्फ संकेत गरेको मानिन्छ ।

 

जेराल्ड आर फोर्डको आसन्न प्रस्थान क्षेत्रीय सैन्य जमघटको निरन्तरता हो । यसअघि अब्राहम लिंकन विमानवाहक युद्धपोत, थुप्रै निर्देशित क्षेप्यास्त्र विनाशक जहाजहरू, लडाकु विमानहरू र निगरानी विमानहरू पनि पठाइसकिएको छ । ट्रम्पका यी अभिव्यक्तिहरू केही दिनअघि उनले वासिङ्टनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरेपछि आएका हुन् । नेतान्याहुले ‘राम्रो सम्झौता’ अपेक्षित रहेको बताए पनि कुनै पनि सम्झौताले इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई पनि सीमित नगरे असन्तुष्टि रहने बताएका थिए । तेहरानले भने क्षेप्यास्त्रबारे छलफल गर्न अमेरिकी दबाबलाई सार्वजनिक रूपमा अस्वीकार गरेको छ ।

जुन महिनामा इजरायल र इरानबीच १२ दिने युद्ध भएपछि नेतान्याहुले थप सैन्य कारबाहीको माग गर्दै आएका छन् । उक्त युद्धमा अमेरिकाले पनि तीन इरानी आणविक स्थलमाथि आक्रमण गर्दै छोटो समयका लागि सहभागिता जनाएको थियो । उक्त सैन्य अभियानलाई ‘मिडनाइट ह्यामर’ नाम दिइएको थियो ।

अमेरिका–इरानबीचका यी अप्रत्यक्ष वार्ताहरू जुनको द्वन्द्वपछि पहिलो पटक भएका हुन् । यसअघि तेहरान र वासिङ्टनबीच Joint Comprehensive Plan of Action को विकल्पबारे वार्ता हुँदै आएको थियो, जसबाट ट्रम्पले आफ्नो पहिलो कार्यकालमा बाहिरिने निर्णय गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.