वन्यजन्तुले हैरान बनाएपछि व्यवसायिक बेसार खेती

वन्यजन्तुले हैरान बनाएपछि व्यवसायिक बेसार खेती

बर्दिबास : जंगली जीवजन्तुले बालीनाली खाएर हैरान बनाएपछि महोत्तरीको बर्दिबास क्षेत्रका किसानहरु व्यवसायिक बेसार खेतीमा जुटेका छन् । किसान बहुमुखी सहकारी (साझा संस्था) बर्दिबासले  नगरमा व्यसायिक बेसार खेती बिस्तारका लागि अभियान चलाएको छ ।   सहकारी सञ्चालन समिति सदस्य डाकराज पोखरेलका अनुसार बेसार खेती  गर्न बिजलपुरा, किसाननगर, हातिलेट, पशुपतिनगरलाई सूचीकृत गरेर खेती अभियान चलाइएको छ ।

सहकारीका अध्यक्ष भानुभक्त पोखरेलले पहिलो चरणमा कुल २५ बिघा क्षेत्रफलमा बेसार खेती गर्न योजना बनाइएको बताए । उनले भने, ‘किसानलाई बेसार खेतीमा प्रोत्साहन स्वरुप प्रतिकठ्ठा २ हजारका दरले एक वर्षका लागि निर्ब्याजी कर्जा उपलब्ध गराउँछौ ।’ उत्पादित बेसार सहकारीले खरिद गरेर प्रशोधन गरी बजारीकरण गर्ने  योजना रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।  ‘पाँच कठ्ठासम्म सहकारीले निर्ब्याजी कर्जा दिन्छ ।  किसानले जति उब्जाए पनि सहकारीले बेसार खरिद गरिदिन्छ । त्यसका लागि सहकारीको शेयर सदस्य हुनु पर्नेछ’, उनले भने।

अध्यक्ष पोखरेलका अनुसार सहकारीले १२ लाख रुपैयाँ  बेसार खेतीमा लगानी गर्ने जनाएको छ । बर्दिबास नगरपालिकाले १५ लाख रुपैयाँ अनुदान स्वरुप सहकारीलाई उपलब्ध गराउने बताइएको छ । यहाँ बेसार गर्न समूह पनि गठन गरिएको छ । बर्दिबास नगरपालिका–१२ बिजलपुराका लागि विश्वनाथ महतो र वडा नम्बर–१३ का लागि मनिष समालको अध्यक्षतामा अलग–अलग पाँच-पाँच सदस्यीय समूह गठन गरिएको छ ।  महतोले नेतृत्व गरेको समूहको नाम बिजलपुरा किसान समूह र समालले  जिम्मेवारी पाएको  समूहको नाम महारानी कृषि समूह राखिएको छ ।

यता जंगली  जनावर निलगाई, बँदेल, बाँदरले बालीनाली खाएर सखाप पार्ने गरेकाले त्यसको विकल्पमा बेसार खेती बिस्तार गर्न लागिएको सहकारीका अध्यक्ष पोखरेलले बताए । आउने दिनमा बेसारमा अनुदान उपलब्ध गराउन पहल भइइरहेको उनले जनाए । किसान  जगजीवन महतोका अनुसार खेती फस्टायो भने कठ्ठामा ८ क्विन्टल बेसार उत्पादन हुन्छ । एक कठ्ठा बेसार खेती गर्न ८ हजार लागत हुन्छ भने आम्दानी २१ हजार आम्दानी हुने  सहकारीले जनाएको छ । सहकारीविज्ञ सुदर्शन ढकालले कृषि सहकारीमा सबै किसानलाइ स्थानीय  सरकारले जोड्न योजना बनाउनु पर्ने बताए ।

बेसारमा औषधीय गुण हुने भएकाले यो बाली निकै लाभदायक र फाइदाजनक  रहेको किसान विश्वनाथ सिंहले बताए । अर्का किसान रामप्रमोद महतोले बेसार खेतीमा प्रावधिक, मलखाद्य र यान्त्रिक उपकरण स्थानीय सरकारले  उपलब्ध गराउनु पर्ने माग गरे । पैर्व वडा सदस्य रामपुजन महतोले स्थानीयस्तरमा भएको सहकारीसँग सहकार्यको आवश्यकता रहेको बताए ।

निजामती कर्मचारी तथा किसान दिपेन्द्र महतोले बेसार खेती बिस्तारले जंगली जनावरको आतंकबाट छुटकारा मिल्ने विश्वास लिएको बताए । बर्दिबास नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत राममणि अधिकारीले कृषि सहकारी किसानको समृद्धिको आधार भएको बताए । उनले भने, ‘सहकारीको माध्यमबाट दूध उत्पादन र बेसार खेतीलाई व्यवस्थित गर्न  लागेका छौ ।’ बर्दिबास नगरपालिका १३ नम्बरका वडा अध्यक्ष लक्ष्मण सिंहले आगामी बजेटमा किसानको माग सम्बोधन गर्न नीति, कार्यक्रम र बजेट बिनियोजन गर्ने बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.