नवलपरासी कांग्रेसले गर्‍यो प्रदेशमन्त्री र पूर्वमन्त्रीसहित २२ जनालाई कारबाही

नवलपरासी कांग्रेसले गर्‍यो प्रदेशमन्त्री र पूर्वमन्त्रीसहित २२ जनालाई कारबाही
सुन्नुहोस्

परासी : नेपाली कांग्रेस नवलपरासीको अनुशासन समितिले लुम्बिनी प्रदेशका मन्त्री र पूर्वगृह राज्यमन्त्रीसहित २२ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ। 

उनीहरूले पार्टीका उम्मेदवारहरूलाई हराउने उद्देश्यका साथ अन्य दलका उम्मेदवारलाई मत माग्दै हिँडेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। जिल्लामा दुई निर्वाचन क्षेत्र छन्। पार्टीबाट क्षेत्र नम्बर १ मा विनोदकुमार चौधरी र क्षेत्र नम्बर २ मा भीमबहादुर थापा (भरत) उम्मेदवार छन्।  

५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरिएकामा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री एवं महाधिवेशन प्रतिनिधि देवकरण कलवार, पूर्वगृह राज्यमन्त्री एवं निवर्तमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, क्षेत्र नम्बर २ का पार्टी सभापति माधव पाण्डेसहित क्षेत्र नम्बर १ बाट १९ र क्षेत्र नम्बर २ बाट ३ जना रहेका छन्। कँडेल र उम्मेदवार थापाले पार्टीबाट दुईवटा टिकट ल्याएका थिए।  टिकटमा विवाद भए पनि निर्वाचन आयोगले थापाको उम्मेदवारीलाई कायम गरेको थियो। 

जिल्ला अनुशासन समितिका संयोजक गोविन्द ढकालले कांग्रेस केन्द्रीय समितिलाई लेखेर पठाएको पत्रमा भनिएको छ, ‘निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवारहरूले दिनुभएको निवेदनअनुसार पार्टी हितविपरीत गतिविधिमा संलग्न भई अन्य दलका उम्मेदवारहरूलाई मत माग्दै हिँडेको एवं नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई हराउन लागेको बुझिन आएकाले नेपाली कांग्रेसको विधान २०१७ दफा ३४ को उपदफा ४ (ख) बमोजिम ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि सिफारिस गर्दछौं।’

कांग्रेस विधानको उक्त दफामा निर्वाचनको समयमा पार्टीको उम्मेदवारका विरुद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विरोध गरेमा वा असहयोग गरेमा वा अन्य पार्टी वा उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेमा उम्मेदवारको रायसमेत लिई तत्काल पार्टीको सदस्यबाट निलम्बन गर्न सक्ने व्यवस्था छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.