काठमाडौं -३ मा रास्वपाका राजुनाथ पाण्डेकाे अग्रता
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डेले अग्रता लिएका छन् । पछिल्लो मतगणना अनुसार रास्वपाका पाण्डे २९६० मत पाएर अग्रस्थानमा छन् भने उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले २७०६ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
सुरुवाती चरणमा घिसिङ अगाडि भए पनि पछिल्लो गणनामा पाण्डेले २५४ मतको अन्तरले अग्रता लिएका छन्।
नेपाली कांग्रेसका रमेश अर्यालले १०११ र नेकपा एमालेका रामेश्वर फुयालले ६९४ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुन्दरराम बोहराले २२९ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निरज लामाले ६४ मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस !