मोरङ–६ मा रास्वपाकी रुविना आचार्य अगाडि, पछि परे शेखर कोइराला
मोरङ : नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रारम्भिक मत गणनामा पछि परेका छन् । मोरङ–६ को मत गणनामा उनी रास्वपा उम्मेदवार रुविना आचार्यसँग भारी मतान्तरले पछि परेका हुन् ।
उक्त क्षेत्रमा रास्वपाकी रुविना आचार्यले ३,४२३ मत पाउँदा कोइरालाले ७ सय २८ मत पाएका छन् । नेकपा एमालेका विनोद ढकालले ६ सय २७ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ६ हजार १ सय ३५ मत गणना भएकोमा ५,७३४ मत सदर मत छ ।
प्रतिक्रिया दिनुहोस !