मुस्ताङबाट कांग्रेसले खाता खाेल्याे, योगेश गौचन विजयी
मुस्ताङ : नेपाली कांग्रेसले मुस्ताङबाट विजयीको पहिलो खाता खोलेको छ। प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका योगेश गौचनले एमाले उम्मेदवार इन्द्र धारा विष्टलाई पराजित गर्दै जित निकालेका हुन् ।
गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निटमतम प्रतिद्धन्द्धी नेकपाका विष्टले १ हजार ८ सय ६ मत मात्रै प्राप्त गरे । यस्तै रास्वपाका अद्वितीय चन्द्र थकालीले ७ सय ५९, राप्रपाकी कमला लालचन्दले १ सय ६१, नेकपाका ङुटुङ गुरुङले १ सय ५१, उज्यालो नेपाल पार्टीका सुरेन्द्र शेरचन्दले ८५ मत प्राप्त गरेका छन् ।
गौचन निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस !