रौतहट–१ मा रास्वपाका चौधरी अगाडि, पूर्व प्रधानमन्त्री नेपाल चौथो स्थानमा
रौतहट : प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को मतगणनाको प्रारम्भीक चरणमा रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले गरुडा १ जयनगरको मतगणना हुँदा चौधरीको पक्षमा ७०६, जसपा उम्मेदवार योगेन्द्र यादवले ५५७ र नेपाली काँग्रेस उम्मेदवार अनिलकुमार झाले ३१२ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका अजयकुमार गुप्ता २८८ र नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले २२० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !