लिङ्देनलाई पछि पार्दै झापा ३ मा रास्वपाका पाठकको प्रारम्भिक अग्रता
झापा : झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठकले प्रारम्भिक अग्रता लिएका छन् । ६ हजार ४३७ मतगणना हुँदा रास्वपाका पाठकले २२८१ मत ल्याउँदै अग्रता लिएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन दोस्रो र श्रम, संस्कृति पार्टीका दिपक तिम्सिना तेस्रो स्थानमा रहेका छन् । लिङ्देनले १६०७ मत ल्याएका छन्, भने तिम्सिनाले ७८८ मत ल्याएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले ५१०, एमालेका हरिबहादुर राजवंशीले ६२० र नेकपाका डिल्लीराम घिमिरेले ७७ मत ल्याएका छन्। क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको छ । यस क्षेत्रको मतगणाना एउटै हलको तीन स्थानमा गणना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !