रोल्पामा ढिला गरी मतगणना सुरु

रोल्पामा ढिला गरी मतगणना सुरु
सुन्नुहोस्

रोल्पा : रोल्पामा शुक्रबार दिउँसो १ः३० बजेबाट मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकिए लगत्तै मतगणना सुरु गरिएको हो । 
बिहान १० बजेबाट मतगणना गर्ने भनिएपनि सर्वदलीय सहमति नजुटेपछि मतगणना ढिला सुरु गर्नु परेको हो । नेकपा एमालेले मतदानका दिन अरेशमा कुटिएका आफ्ना कार्यकर्ताको उपचार हुनुपर्ने र कुटपिटमा संलग्नलाई मुद्दा नचलाएसम्म गणना गर्न नहुने अदान लिएपछि गणना ढिला भएको थियो । 

nullकुटपिटमा संलग्न भएकालाई मुद्दा चलाउने र घाइतेलाई उपचार गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । सुनिलस्मृति गाउँपालिका–८ अरेस नेपाल राष्ट्रिय मावि मतदानस्थलमा फर्जी मत हाल्न खोजेको भन्दै बिबाद भएपछि नेकपाका कार्यकर्ताले एमालेका दुई जना कार्यकर्तालाई कुटपिट गरेका थिए । 

रोल्पामा ४६.३९ प्रतिशत मत खसेको छ । खसेको ६९ हजार ४ सय ८ मतदाताले मतको गणना हुँदैछ । वडा अनुसारको मतदानस्थलको मत गणना गर्ने सर्वदलीय सहमति भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको हलमा उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना भइरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.