अछाम -१ मा नेकपाका भीम रावलको अग्रता
रामारोशन : अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा नेपाली कम्युनिस्ट पार्टीका भीमबहादुर रावल अग्र स्थानमा रहेका छन् ।
यो क्षेत्रमा नेकपाका उम्मेदवार रावलले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठुलो मतान्तरले पछि पार्दै अग्रता कायम गरेका हुन् ।
वडा नम्बर १ मा खसेको जम्मा ६७२ मत मध्ये रावलले ३६४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दिपकबहादुर साउदले २१४ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका भरतकुमार स्वाँरले ४६ मत मात्रै प्राप्त गर्दा रास्वपाका ओमप्रकाश रावलले २९ मत पाएका छन्। त्यसैगरी राप्रपाका उम्मेदवार लोकेन्द्रबहादुर शाहले १ मत मात्रै पाएका छन् यो क्षेत्रमा १८ मत बदर भएका छन् ।
प्रतिक्रिया दिनुहोस !