उदयपुर–२ मा मतगणना सुरु
उदयपुर : उदयपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। राति अबेर सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भएपछि केहीबेरअघि बसेको सर्वदलीय बैठकको सहमतिपछि मतगणना कार्य सुरु गरिएको हो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा ९६ हजार एक सय बाईस मध्य ४४ हजार ६ सय ३४ मत खसेको छ। ४० वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा भौगोलिक रूपमा विकट मानिने कटारी नगरपालिका, रौतामाइ गाउँपालिका, उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिका पर्दछन्।
मतगणना सुरक्षाको कडा व्यवस्थासहित सम्बन्धित राजनीतिक दलका प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थितिमा भइरहेको छ। प्रारम्भिक परिणाम केहीबेरमै सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !