यथाशक्य छिट्टो मतगणना गर्न निर्वाचन आयोगको निर्देशन
स्याङ्जा : स्याङ्जा निर्वाचन क्षेत्र–२ को मतगणना कार्य यथाशिघ्र गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । मतगणनाका लागि निर्वाचन अधिकृतलाई २ बुदें निर्देशनसहित आयोगले शुक्रवार पत्राचार गरेको छ ।
आयोगका उपसचिव ऋषिराम भुषालद्धारा हस्ताक्षरित पत्रमा, ‘मतगणना सम्बन्धमा सर्वदलीय बैठकको निर्णय बमोजिम त्यस्ता मतपत्रहरु गणना गर्ने वा नगर्ने सम्बन्धमा त्यहाँबाटै दलीय सहमति गरी गणना गर्न र आवशयक सुरक्षा प्रवन्ध मिलाई यथाशक्य छिटो गणना कार्य प्रारम्भ गर्ने’ भनि आयोगको निर्णयानुसारको निर्देशन छ ।
वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्रको गणना गर्ने या नगर्ने भन्दै बिषयमा विवाद भएपछि शुक्रवार दिउसो १ बजेसम्म मतगणना हुन सकेको थिएन । विवादका कारण केही समय मतदान स्थगित गरिएको थियो । सर्वदलीय सहमतिपछि पुनः मतदान भएको थियो । तर, मतगणनाका क्रममा फेरि विवाद देखिएपछि सर्वदलीय बैठकले अन्तिम निर्णयका लागि भन्दै निर्वाचन आयोगको निर्णय कुरेको थियो ।
पछि उम्मेदवारका प्रतिनिधिबीच सुरुमा मतपेटिकामा खसेका १८१ मतपत्र सिल गरी, हस्ताक्षर नभए पनि ती मत गणना गर्ने विषयमा निर्णयका लागि निर्वाचन आयोगमा पत्र पठाउने सहमति भएपछि पुनः मतदान भएको थियो । पत्रको जवाफ आयोगबाट आएसँर्ग स्याङ्जा–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्न लाागेको छ । बैठक लगत्तै मतगणना सुरु गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !