कांग्रेसका विनोद चौधरी ११ सय मतले पछाडि, दुवै क्षेत्रमा रास्वपा अघि
नवलपरासी : नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मदवार विनोद चौधरी ११ सय मतले पछाडि छन् । २५ सय ३९ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनालसँग चौधरी १ हजार ९९ ले पछि छन् ।
खनालले १५ सय मत पाउँदा चौधरीले ४०१ पाएका छन् । एमालेको २७९ मत छ । त्यसैगरी क्षेत्र नम्बर २ मा रास्वपाका नरेन्द्र गुप्ता कांग्रेसका भीमबहादुर थापाभन्दा २५२ मतले पछाडि छन् । १९ सय ३८ मत गन्दा तेस्रो स्थानमा रहेको जसपाको २८७ मत रहेको छ ।
प्रतिक्रिया दिनुहोस !