निर्वाचनपछि नयाँ तरंग !
अन्ततः जनता नै सार्वभौम र निर्णयकर्ता सावित भए। पुरानालाई सबक सिकाउन उनीहरूले नयाँ विकल्प रोजे।
चितवन–२ को मतदाता हुँ। मतदान गर्न पुग्दा काँधमा तीनवटा मुख्य जिम्मेवारी थिए। पहिलो,संसदीय व्यवस्थाका लागि मतदान। दोस्रो,बारको तर्फबाट निर्वाचन पर्यवेक्षण। तेस्रो, पुरानो घरको दराज हेर्नु पनि थियो। यी सबै जिम्मेवारी पूरा गरेर काठमाडौं फर्किएँ। मतदान सबैभन्दा ठूलो कर्तव्य हो। साथीभाइका वास्तविक धारणा बुझ्ने प्रयास गरें। जो विभिन्न दलमा आबद्ध छन्।
तर पनि राजनीतिबाट कुनै व्यक्तिगत लाभ लिएका छैनन्। बरु उनीहरूले राजनीतिलाई धेरै कुरा दिएका छन्। त्यहाँ पुरानो कांग्रेसी साथीलाई भेटें। उनले बाहिर त खुलेरै मीनालाई भोट भने। तर कुनामा लगेर सोध्दा अर्कै कुरा बताए। उनले यसपालि घण्टीलाई भोट दिने कुरा सुनाए। किन यस्तो निर्णय गरेको भनी सोधें। उनले भने–कांग्रेसलाई दलालहरूबाट मुक्त गर्न यसो गरें। जसका कारण पार्टी बिग्रियो,उनीहरू नै सक्रिय छन्। जनताले नपत्याउनेहरू उम्मेदवारको वरिपरिमात्रै छन्। उनीहरूले त चुनावी खर्चसमेत लुटेका रहेछन्। अहिले कांग्रेस ती स्वार्थीहरूको पूर्ण कब्जामा छ। त्यहाँ दलाल,भ्रष्ट र ठेकेदारहरूको मात्र रजाइँ छ।
यस्ता मानिस त सबैतिर हुन्छन् भन्दा साथीले भने,चितवनमा कांग्रेस बेचेर खाने धेरै छन्। यहाँ एकले अर्कालाई सिध्याउने खेलमात्र चल्छ। ती सबै खराब पात्रलाई पराजित गर्नैपर्छ। उनीहरूलाई राजनीतिबाट विस्थापित गर्नु हाम्रो लक्ष्य हो। यो आन्तरिक लडाइँमा बिचरी मीना मारमा परिन्। खराब मान्छे नहटेसम्म पार्टी कहिल्यै सुध्रिने छैन। चितवनको कांग्रेसलाई अब नयाँ जीवन दिनुपर्नेछ। जनताको वास्तविक भावना कसैले बुझ्न सकेका छैनन्। अब मौन विद्रोहको नयाँ समय सुरु भयो। परिवर्तनको यो लहर अब कतै रोकिने छैन। सबैले समयको पदचापलाई बेलैमा चिन्नुपर्छ। लोकतन्त्रमा जनमत नै सबैभन्दा बलियो शक्ति हो। आशा छ,अब भोलिको राजनीति सफा हुनेछ। हामी सबैले इमानदार प्रयास जारी राखौं।
एमालेको अर्को साथीलाई जिज्ञासा राखें। उसको उत्तर पनि लगभग उस्तै थियो। उसले नेतृत्व परिवर्तनको कुरा ग¥यो। हाम्रोमा त त्यो सम्भावना पनि छैन। ‘बा’को अगाडि कोही पनि बोल्न सक्दैन। बाकै कारण एमाले अब समाप्त हुनेछ। बाँकीको दुर्दशा अब यसैले गर्दा हुन्छ। माओवादीका साथीसँग पनि ठूलो समस्या थियो। हामी परिवर्तनका लागि माओवादीमा लागेका थियौं। तर यहाँ त नेताहरू मात्र करोडपति बने। गरिब जनता भने लुटिएका र ठगिएका छन्।
नेताका आसेपासेले मात्रै असीमित सम्पत्ति कमाए। यो असीमित सम्पत्ति कहाँबाट आयो होला ? सबैको चाहना ती पात्रहरूलाई परास्त गर्नु हो। राजनीतिबाट पूर्णतः विस्थापित गर्नुपर्छ। आफ्नै नेताहरूसँग साथीहरू निकै रुष्ट छन्। कार्यकर्ताहरूमा व्यापक निराशामात्र देखिन्छ। लुटतन्त्र मच्चाउनेहरूप्रति सबैको ठूलो घृणा छ। रास्वपा समर्थक एक साथीलाई सोधें। उनी पहिले निकै कट्टर कांग्रेसी थिए। उनले समर्थनका लामा फेहरिस्तहरू सुनाए। तीन दशकदेखि ठूला दलले सिन्डिकेट चलाए। नेता र परिवारले लोकतन्त्र बन्धक बनाए। उत्तेजना र हिंसाको राजनीतिमात्र गरियो। आगो र तोडफोडले एउटा पुस्ता बिग्रियो।
दलहरूले नागरिकको भविष्यमाथि ठूलो खेलबाड गरे। देशमा तीन दशकदेखि राजनीतिक अराजकता छ। यसमा कांग्रेस,एमाले र माओवादी सहभागी छन्। भ्रष्टहरूले अहिलेको राजनीति पूर्णतः कब्जा गरे। उनीहरू भ्रष्टाचारको आहालमा डुबेका छन्। राजनीतिलाई उनीहरूले नाफामूलक ठेक्का बनाए। अब परिवर्तनका लागि मात्र मतदान गर्ने हो।
- समयमै सचेत नभए जनताले फेरि विकल्प खोज्नेछन्। त्यसैले अस्तित्व जोगाउन अहिले नै नयाँ सोच र गतिमा कदम चालौं।
- सुशासन र विकास नै हाम्रो मुख्य चाहना हो। भ्रष्टाचार रोक्न नसके उनीहरूलाई पनि हटाउँछौं। राजनीतिक संस्कार नभए अर्को पटक मत फेर्नेछौं।
सुशासन र विकास नै हाम्रो मुख्य चाहना हो। भ्रष्टाचार रोक्न नसके उनीहरूलाई पनि हटाउँछौं। बालबच्चा मार्नेहरूलाई कडा कारबाही हुनैपर्छ। राजनीतिक संस्कार नभए अर्को पटक मत फेर्नेछौं। अब जनता सधैं कसैको दास बन्दैनन्। कुरा निकै गम्भीर र अर्थपूर्ण देखिन्छ। यथास्थितिमा रमाउने पुराना दलप्रति ठूलो असन्तुष्टि छ। परिवर्तित समयको मागलाई उनीहरूले चिन्न सकेनन्। नयाँ दलहरूमा पनि कतिपय कमजोर पात्र छन्। अहिलेको निर्वाचन परिणामले धेरै कुरा स्पष्ट पा¥यो। यसपालि मतदाताले निकै शान्त र चुपचाप मतदान गरे। राजनीतिक प्रतिशोधको डरले कतिपयले झण्डा बोके। दलको सभामा नारा लगाए पनि भोट अर्कै दिए। मतदाताले कसलाई भोट हाल्ने पहिले नै सोचेका थिए। पुराना दलका केही असल उम्मेदवार पनि पराजित भए। यो चाहिँ दुःखद् हो।
अन्ततः जनता नै सार्वभौम र निर्णयकर्ता सावित भए। पुरानालाई सबक सिकाउन उनीहरूले नयाँ विकल्प रोजे। जनताको अनुहारमा परिवर्तनको स्पष्ट चाहना देखिन्थ्यो। भरतपुर महानगरका १५ वटा केन्द्र घुमें। निर्वाचन निकै शान्तपूर्ण र सभ्य तरिकाले सम्पन्न भयो। चितवन-२ पुग्दा त्यहाँ मतगणनाको कार्य धमाधम भइरहेको थियो। पुराना दलका प्रतिनिधिको उपस्थिति निकै नगन्य थियो। यो दृश्यले बदलिँदो राजनीतिको ठूलो संकेत दिन्छ। जनता अब पुरानो कार्यशैलीबाट मुक्त हुन चाहन्छन्। अभिमतको अवमूल्यन गर्नेलाई समयले दण्डित गरेको छ। नयाँ लहरले नेपालको राजनीतिमा नयाँ आयाम थप्यो। अब सबैले जनताको भावनालाई कदर गर्नुपर्छ। लोकप्रिय मतको अपमान कसैले पनि गर्नु हुँदैन। समयको परिवर्तनलाई आत्मसात् गर्नु नै बुद्धिमानी हुन्छ। नयाँ आशा र विश्वासको ढोका अब खुलेको छ। यो परिवर्तन अब कसैले रोक्न सक्ने छैन। अब सकारात्मक भविष्यको कामना गरौं।
काठमाडौं फर्किनुअघि आफ्नो पुरानो घरभित्र पुगें। करिब १५ वर्षपछि फलामे दराज खोलेर हेरें। दराजका बहुमूल्य किताबहरू धमिराले खाइसकेका रहेछन्। सबै पुस्तक काम नलाग्ने धुजाधुजा भएछन्। पुराना राजनीतिक दलहरूको अवस्था ठ्याक्कै यस्तै छ। दराजभित्रको विरक्तलाग्दो दृश्य देखेर नरमाइलो लाग्यो। बेलाबेलामा दराज खोलेर सफा गरेको भए हुन्थ्यो। त्यसो गरेको भए किताबहरू यसरी बिग्रिने थिएनन्। ज्ञान र सिद्धान्त जोगाउन सकेको भए धेरै राम्रो हुन्थ्यो। यी किताब सन्ततिलाई धेरै काम दिन्थे। पुराना राजनीतिक दलको याद पुनः आयो। उनीहरूले व्यवहार र वाचाहरू बिर्सिसकेका छन्। देश र जनताको हितमा परिश्रम गरेको भए हुन्थ्यो। जनहितमा सोचेको भए दलमा धमिरा लाग्ने थिएनन्। जनताको अटुट विश्वास पनि कहिल्यै गुम्ने थिएन। अनि मानिसले नयाँ दराज र किताब खोज्ने थिएनन्।
समयमै सचेत नभए जनताले फेरि विकल्प खोज्नेछन्। त्यसैले अस्तित्व जोगाउन अहिले नै नयाँ सोच र गतिमा कदम चालौं। भविष्यका लागि असल संस्कार र पद्धति जोगाऔं। अब देशलाई नयाँ र स्वच्छ मार्गमा लैजाऔं। हाम्रो न्यायपालिकामा अहिले धेरै धमिरा लागेका छन्। यहाँ ज्ञानभन्दा राजनीतिक झण्डाको प्रभाव बढी छ। झण्डाको गाता भएका किताबमात्र यहाँ धेरै छन्। किताब देखाउनेहरू वास्तवमा पूर्णतः अज्ञानी नै छन्। न्यायका मान्य सिद्धान्तहरूलाई पूरै पाखा लगाइएको छ। विवेक, स्वतन्त्रता र सक्षमता सबैले बिर्सिसकेका छन्। यी धमिराहरूलाई अब चिन्नु र निकाल्नु पर्छ। ननिकाले न्यायको यो पुरानो दराज नै मक्किनेछ।
कानुन व्यवसायमा पनि विकृति निकै मौलाएको छ। यहाँ न्यायको ठेक्का र सेटिङको धन्दा चल्छ। न्यायालयको बदनामी र किनबेच रोक्नु निकै जरुरी छ। बारको स्तर उन्नत बनाउनु अब अनिवार्य छ। अब व्यवसायलाई मर्यादित र स्वतन्त्र बनाउनै पर्छ। निष्पक्ष न्यायका लागि प्रणालीमा सुधार गर्नैपर्छ। न्यायालय जोगाउन हामी सबै एकजुट भएर लागौं। समयमै नचेते हाम्रो कानुनी राज्य समाप्त हुनेछ। योग्य व्यक्तिले मात्र न्यायको गरिमा जोगाउँछन्।
घिमिरे, अधिवक्ता हुन्।
प्रतिक्रिया दिनुहोस !