देश विकासमा अब बालेन सरकार

देश विकासमा अब बालेन सरकार
सुन्नुहोस्

अन्ततः देशमा बालेन सरकार करिब दुई तिहाइको बन्दैछ र सबैले हाइहाइ गरिरहेका छन्। काठमाडौंमा जरा गाढेर बसेका ठालुहरूको लज्जास्पद हार भएको छ। उपत्यकाका १५ वटै सिट रास्वपामा गएको छ,भक्तपुर नेमकिपाको गढ पनि भत्किएको छ। देशैभरि रास्वपाको लहर छ।

देशीविदेशी मिडियाले अब नेपालमा भ्रष्टाचार र कुशासनको अन्त्य हुने भनिरहेछन्। रास्वपाले दुईतिहाइका साथ बलियो सरकार बनाउने आकलन सबैले गरिरहेका छन्। यो हार भनेको देश चुस्नेहरूको हो,भ्रष्टाचारीहरूको हार हो,कुशासन र बेथिति,दुष्चक्रको हार हो। दशकौं सत्ताको रसास्वादन गर्दै नेपालीलाई शरणार्थी बनाउँदै देश निकाला गर्ने,बेरोजगार बनाउँदै खाडी धकेल्ने र बाकसबन्दीमा फर्काउने नक्कली राष्ट्रवादको हार हो। गरिब नेपालीको खुन पसिनामा ताण्डव नृत्य गर्नेहरूको हार हो यो। खासमा यो अतिचार र तीव्र अहंकारको हार हो।

विद्यमान संविधान जसले बनायो,उसैले मिच्यो,कुल्चियो। न नारी कोटामा प्रत्यक्षतिर उम्मेदवारी दिने प्रयास गर्‍यो  न समावेशीतिरको कोटामा पर्याप्त स्थान दियो। संविधान बनाए पनि लज्जाजनक अवस्थामा देशलाई पुर्‍याए पुराना ठूला भनिएका दलले। त्यही संविधानले उच्च केन्द्रीय निकाय सिंहदरबार सुरक्षित राख्न सकेन। अल्प विकसितबाट विकासोन्मुखमा जाने ढोका खुल्दै गर्दा पटकपटक बन्द भएको लाजले बानेश्वरको आलिशान महल,भैंसेपाटीको जिमखानायुक्त आलिशान महलहरू नेपालीहरूको गरिबीको व्यंग्य गर्दै लाजले शिर निहुर्‍याइरहेका छन्।

छिमेकीले के गरेका छन् ? पाँच दशकमा अत्तोपत्तो नदेख्ने कुकर्मीहरूको भिड अब करिबकरिब समाप्त भएको छ। अहंकारले आफ्नै पछिल्लो पुस्तालाई पनि रसातलतिर धकेलेको छ। सक्किने कि सच्चिने बेलैमा विश्लेषकहरूले सुझाव दिँदा उल्टो खोइरो खन्ने र जहाँ गयो सच्चा व्यक्तिहरूलाई त्यहीँ लखेट्ने अहंकार नराम्ररी पछारिएको छ,ढलेको छ। यो हार नेपालीको विजय हो, उन्मादको हार भन्नु सत्यको विजय नै हो।

बालेन आएका छन् अब। संसारका कान्छो उमेरको प्रधानमन्त्री बन्ने तरखरमा छन्। रास्वपाले भनेको छ,२०४६ सालपछिका कुकर्महरूका फाइल खुल्नेछन्। यदि बोलेको कुरो सदर नभए रास्वपाले पनि नानीमैयाँ दाहालको पोजिसनमा जानु पर्नेछ। साँच्चै देशलाई भ्रष्टाचारको दलदलमा जाक्ने कुकृत्यहरूको अब पर्दाफास गर्नै पर्छ। नेपाली आमाको शिर हिजो नराम्रोसँग झुकेको थियो। अब उँचो हुनेगरी अबकाले काम गर्नुपर्छ।

सहकारी र बिमाका समस्याहरू धेरै छन्। बिमा बोर्डले सेवा कटौती गर्दा अन्याय भयो। कुशासकले आफ्नो सुविधा मात्रै बढाए। ६८ वर्षका वृद्घहरूको भत्ता खोसिएको छ। यो भत्तालाई ६५ वर्षमा झार्नु पर्छ। नसके पुरानै ६८ वर्ष कायम गरौं।

सय दिन सुहागको दिन भनी कुर्ने होइन,सय घण्टामा देखिनेगरी काम गर्नुपर्छ। सुशासन,विधिको शासन भ्रष्टाचारमुक्त प्रशासन सञ्चालन गर्ने हो भने स्रोतसाधनको कमी छैन देशमा। नपुगे विदेशीहरूले हालेका थिए र हाल्छन् पनि। यति हो कि अन्तर्राष्ट्रिय एजेन्सीहरूको गोठालो बनेर अर्थतन्त्र जो चलाए अतीतकाले अब त्यो पुनरावृत्ति नहोस्।

पुरानो नेतृत्वले लोकतन्त्रको धज्जी उडायो। तिनीहरूले योग्यता र क्षमतालाई वास्तै गरेनन्। आफ्ना कुकृत्य लुकाउन भरौटेहरूको झुन्ड बनाए। तिनीहरूले देशको ठेक्का लिए झैं गरे। बुझ्नेहरूले पनि स्वार्थका लागि बुझ पचाए। नदेखेको बहाना गरेर सत्ताको छहारी रोजे। तर अहिले सबै कुरा छर्लंग भएको छ। नेपाली जनता अब पूर्ण रूपमा जागिसकेका छन्। कालो रात्रि हटेर नयाँ बिहानी आएको छ। अब आकाश खुल्ला र धर्ती स्पष्ट छ। दिवास्वप्न देखाएर मस्ती गर्ने दिन गए। अब रास्वपाले देशको जिम्मा लिँदैछ। बालेन साहको कार्यशैली पनि हेर्नुपर्छ। उनी नयाँ पुस्ताका धेरै आशलाग्दा हुन्। बालेन आफैंमा एक विज्ञ व्यक्ति हुन्। उनलाई राम्रो सल्लाहकारको भने खाँचो छ।

तीनकुने,गैरीगाउँ बस्ने बालेन नरदेवीमा जन्मेका हुन्। उनका पिता कुशल आयुर्वेद चिकित्सक थिए। उनी पंक्तिकारका पुराना सहयात्री पनि हुन्। मुख्य सचिवको विगत र वर्तमान स्पष्ट छ। उनीसँग हाम्रो तीन पुस्ताको सम्बन्ध छ। पुरानो कालरात्रि हटेकाले उनले पद पाए। सेटिङ नभएकाले भाग्यले साथ दिएको हो। उनले मन्त्रिपरिषद्मा राम्रो भूमिका खेल्नेछन्।

अबको मन्त्रिमण्डल सानो र विज्ञको हुनुपर्छ। सरकारको कार्यशैली अत्यन्त चुस्त हुनुपर्छ। अनावश्यक सेवा र सुविधाहरू कटौती गरौं। सार्वजनिक पदाधिकारीले तलब भत्ता लिनु हुँदैन। सिंहदरबार र भत्केका संरचना उठाउनु पर्छ। देशमा ३० खर्बको ऋण भार छ। अब थप ऋण नलिँदा नै राम्रो हुन्छ। सहकारी र बिमाका समस्याहरू धेरै छन्। बिमा बोर्डले सेवा कटौती गर्दा अन्याय भयो। कुशासकले आफ्नो सुविधा मात्रै बढाए। ६८ वर्षका वृद्धहरूको भत्ता खोसिएको छ। यो भत्तालाई ६५ वर्षमा झार्नु पर्छ। नसके पुरानै ६८ वर्ष कायम गरौं।

प्रदेश संरचना देशका लागि ठूलो भार हो। अब संविधानको पूर्ण पुनर्लेखन हुनुपर्छ। जनमत संग्रह गरेर भए पनि संशोधन गरौं। धर्म निरपेक्षता यो देशको मुख्य घाँडो हो। यसैले गर्दा दलहरूले लज्जास्पद हार व्यहोरे। इतिहासको विरासत र संस्थालाई आदर गरौं।

नेपालमा भएको शान्तिपूर्ण परिवर्तन ऐतिहासिक छ। यस अहिंसात्मक क्रान्तिलाई विश्वले अध्ययन गर्नेछ। यो परिवर्तन गान्धी र मण्डेलाभन्दा ठूलो छ। नीलो क्रान्तिमाथि धेरै शोधपत्र तयार हुनेछन्। रगत नबगी भएको यो विश्वकै नौलो उदाहरण हो। तर वर्तमानमा देश निकै गम्भीर संकटमा छ। आर्थिक अवस्था जर्जर र व्यापारघाटा तीव्र छ। युवा शक्ति बिदेसिँदा देश ऋणमा डुबेको छ। उद्योगहरू बन्द छन् र पूर्वाधारहरू बिग्रेका छन्।

सीमा समस्या र बहुध्रुवीय खतरा बढ्दो छ। असंलग्न कूटनीति र भाइचारा अहिलेको आवश्यकता हो। खाडी युद्धले गर्दा आपूर्तिमा संकट आउन सक्छ। बजारमा महँगी र अभावले जनता पिल्सिएका छन्। शीतल निवासको विलासिता र मोह अब त्याग्नुपर्छ। बालेन सरकारले नयाँ ढंगले कार्य सञ्चालन गर्नुपर्छ। देशको अस्मिता बचाउनु अहिलेको मुख्य चुनौती हो। वर्तमानको चर्चा काममा परिणत हुनुपर्छ। सफलता केवल क्षणिक प्रशंसामा मात्र सीमित नहोस्।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.