बैतडीमा रास्वपाको प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत

बैतडीमा रास्वपाको प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत
तस्बिर : अन्नपूर्ण

बैतडी : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी २३ हजार ७३६ मत ल्याएको छ ।

प्रत्यक्षभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ ल्याएर विजयी भएका थिए।

यस्तै नेकपा एमालेले १६ हजार ४९ मत ल्याएको छ । एमालेले समानुपातिकतर्फ भने प्रत्यक्षको भन्दा कम मत ल्याएको छ । प्रत्यक्षतर्फ एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए ।

समानुपातिकतर्फ नेपाली कांग्रेस तेस्रो भएको छ । १५ हजार ९ सय ७ मत ल्याएको छ ।  प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत ल्याएका थिए । समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ६ हजार ३३५ मत ल्याएको छ । नेकपाले पनि प्रत्यक्षको भन्दा समानुपातिकतर्फ कम मत ल्याएको छ । प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ३ हजार ४७१ मत ल्याएको छ । राप्रपाले प्रत्यक्षको भन्दा समानुपातिकतर्फ बढी मत ल्याएको छ । प्रत्यक्षतर्फ राप्रपा उम्मेदवार भुपेनबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका थिए ।

बैतडीमा समानुपातिकतर्फ ७२ हजार ३०८ मत खसेकोमा ४ हजार १२६ मत बदर भएका छन् । समानुपातिकतर्फ ६८ हजार १८२ मत सदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.