अछाममा समानुपातिकमा कांग्रेस पहिलो दल, रावलले जमानत जोगाउन सकेनन्

अछाममा समानुपातिकमा कांग्रेस पहिलो दल, रावलले जमानत जोगाउन सकेनन्

अछाम : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अछाममा समानुपातिक तर्फ नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दुई निर्वाचन क्षेत्र रहेको अछाममा कांग्रेस १९ हजार ३५ मत सहित पहिलो बनेको छ । नेकपा एमाले १५ हजार ३०२ मत सहित दोस्रो, नेकपा १४ हजार १६२मत सहित तेस्रो र १० हजार २५० मत सहित रास्वपा चौथो दल बनेको छ । 

आइतबार सम्पन्न मतगणना अनुसार अछाम-१ मा कांग्रेस ९ हजार ५२३ मत सहित पहिलो स्थानमा रहेको छ। यो मत  प्रत्यक्ष तर्फ पाएको भन्दा एकहजार २३६ मत कम हो ।  कांग्रेसले प्रत्यक्ष तर्फ १० हजार ५२३ मत प्राप्त  गरी भरतकुमार स्वाँर निर्वाचित भएका छ्न् । 

समानुपातिक तर्फ नेकपा दोस्रो स्थानमा रहँदै ९ हजार ३५१ मत प्राप्त गरेको छ । प्रत्यक्ष तर्फ नेकपाका भीमबहादुर रावलले १० हजार २३३ मत  प्राप्त गरेका थिए । 

नेकपा एमालेले  ६ हजार ३१७  प्राप्त गरेर तेस्रो बनेको छ । प्रत्यक्षमा एमालेका दिपकबहादुर साउदले ७ हजार ३८९  मत प्राप्त गरेका थिए ।  यस्तै, रास्वपाले ४ हजार ७८० मत पाएको छ।प्रत्यक्षमा रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत प्राप्त गरेका छ्न । रावलले जमानत समेत जोगाउन सकेनन्।
 
अछाम-२ मा  समानुपातिक मतगणना अनुसार नेपाली कांग्रेस ९,५१२ मत सहित पहिलो, एमाले ८,९८५  दोस्रो, रास्वपा ५,८४० तेस्रो र नेकपा ४,८११ मत सहित तेस्रो बनेका छ्न् । अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी ९,५१८ मत सहित निर्वाचित भएका छ्न्। 

समानुपातिक तर्फ ६४ हजार ८९३  मत खसेका थिए । जसमा २ हजार ६५० मत बदर भएका छ्न् ।

(ओमप्रकाश रावलले जमानत जोगाउन सकेनन् भन्ने समाचार हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ - सम्पादक)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.