प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढ्यो
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.९४ अंकले बढेर २८४२.७३ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ५० वटा स्क्रिप्सको ७ हजार ४८८ कित्ता सेयर ५६ लाख ५५ हजार ९१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५ वटाको स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !