वीरगन्जमा प्रहरी जवानको हत्या, एक महिलासहित ४ जना पक्राउ

वीरगन्जमा प्रहरी जवानको हत्या, एक महिलासहित ४ जना पक्राउ

वीरगन्ज : वीरगन्जमा एक प्रहरी जवानको हत्या गरिएको आरोपमा प्रहरीले एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ। 

वीरगन्ज महानगरपालिका-९ श्रीपुरस्थित भारतीय महावाणिज्य दूतावास पछाडिको एक घरमा आइतबार प्रहरी जवान २७ वर्षीय विकास चौरसियाको कुटपिट गरी हत्या गरिएको थियो। पर्साकै कालिकामाई गाउँपालिका–१ मुडलीका चौरसिया जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थिए। उनी बिदामा पर्सास्थित घर आएका बेला आइतबार साँझ उनको हत्या भएको हो। 

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको माधवनारायण नगरपालिका–१ निवासी २६ वर्षीय सन्तोष साह, उनकी पत्नि २४ वर्षीया सोनी कुमारी साह,  बारागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारतको दिल्ली निवासी २१ वर्षीय ओमवीर प्रजापतिलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। तीमध्ये विशाल सन्तोषका नातामा पर्ने भाइ र ओमवीर उनका साथी हुन्।

प्रहरीका अनुसार, मृतक चौरसिया र सन्तोषकी पत्नि सोनीबीच पहिलेदेखि चिनजान थियो। आइतबार साँझ चौरसिया सन्तोष र सोनीले डेरा लिएर बसेको कोठामा गएका थिए। त्यही बेला विवादका क्रममा सन्तोष, उनकी पत्नि सोनी सहितकाले चौरसियालाई कुटपिट गर्दै रड प्रहार गरेका थिए। गम्भीर घाइते चौरसियालाई नारायणी अस्पतालमा पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए। 

घटनाबारे जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीले सन्तोष, उनकि पत्नि सोनी, विशाल र ओमवीरललाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए। चारै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए। बस्नेतले भने, ‘मृतक र सोनीबीच पहिलेदेखि चिनजान रहेको अनुसन्धानका क्रममा खुलेको छ। तर, विवाद र कुटपिट के-कति कारणले भएको भन्ने बारेमा अहिलेसम्म खुलेको छैन। हामी अहिलेपनि अनुसन्धानमै छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.