संसदीय समितिहरूले दिएको निर्देशन र सुझाव कार्यान्वयनमा जोड

संसदीय समितिहरूले दिएको निर्देशन र सुझाव कार्यान्वयनमा जोड

काठमाडौं : राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको कार्यान्वयनमा जोड दिएका छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनीहरूले समितिले निकै मेहनत र गम्भीर भएर छलफलमार्फत सरकारलाई आवश्यक निर्देशन र सुझाव दिएपनि कार्यान्वयनको अवस्था फितलो रहेको भन्दै समितिको निर्देशन कार्यान्वयनमा जोड दिएका हुन् ।

समितिको वार्षिक कार्ययोजनाको बारेमा छलफल गर्दै उनीहरूले आगामी दिनमा जनसरोकारका मुद्दालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने समेत धारणा राखेका छन् । राष्ट्रिय सभा सदस्य कमला पन्तले भाद्र २३ र २४ को घटनामा भएको सुरक्षा कमजोरीका विषयमा आगामी दिनमा छलफल गर्नुपर्ने बताइन् । उनले यसअघि दिएका निर्देशन कार्यान्वयन नहुनु गम्भीर विषय भएकाले निर्देशन कार्यान्वयन हुने अवस्था बनाउनुपर्नेमा जोड दिइन्।

त्यस्तै राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले समितिले गहिराइमा पुगेर सुझाव तयार गरेपनि कार्यान्वयनमा कमजोरी देखिएको बताइन् । अहिलेको सरकारलाई झन समितिको निर्देशन कार्यान्वयन गराउन कठिन हुने देखिएको उनको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले समितिले तराई मधेशका जनताको समस्या लगायत जनसरोकारका मुद्दाहरूलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने धारणा राखे। समिति सभापति कृष्ण प्रसाद पौडेलले समितिले यसअघि गरेको निर्णय र छलफललाई समेत अध्ययनमार्फत प्राथमिकताका साथ विषय उठान गर्दै समितिलाई प्रभावकारी ढंगले अघि बढाउने उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.