थानकोट–चित्लाङ सडकदेखि हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सांसदले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

थानकोट–चित्लाङ सडकदेखि हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सांसदले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
सुन्नुहोस्

 काठमाडौं : मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार भएको भेटका क्रममा सांसद उप्रेतीले वर्षौंदेखि थाँती रहेका पूर्वाधार, स्वास्थ्य, उद्योग, भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

भेटमा क्रममा उनले थानकोट–चित्लाङ सडकको जीर्ण अवस्थालाई सुधार गरी गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्नुपर्ने,  कुन्छाल–कुलेखानी सडकखण्डलाई प्राथमिकतामा राखी काम सुरु गर्नुपर्ने तथा अन्य सडकहरूको स्तरोन्नतिमा सरकारको ध्यान जानुपर्ने बताए । 

त्यस्तै, हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्नुपर्ने, हेटौंडा क्षेत्रको सडक विस्तारका कारण नागरिकको घरजग्गा अलपत्र परेकाले तत्काल समाधान गर्नुपर्ने माग पनि उनले राखे। सांसद उप्रेतीले स्वास्थ्य क्षेत्रतर्फ हेटौंडा अस्पतालमा क्याथल्याब तथा हार्ट–लङ मेसिन जडान गर्नुपर्नेबारे समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।null

उनले भूमिहीन समस्या समाधान, मध्यवर्ती क्षेत्रको न्यायसंगत पुनर्सीमाङ्कन तथा गाँजा वैधानिकतासम्बन्धी वैकल्पिक नीति निर्माण गर्दै भरियाहरूको जीवनस्तर उकास्न ठोस सरकारी योजना आवश्यक रहेकोसमेत बताए । 

विपद् व्यवस्थापनतर्फ चट्याङ रोकथामका लागि दीर्घकालीन गुरुयोजना निर्माण, कुलेखानी बाढीबाट प्रभावित सिस्नेरी क्षेत्रका पीडितलाई क्षतिपूर्ति तथा पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने माग उनले राखे। यसका साथै, चेपाङ र बाँकरिया जस्ता लोपोन्मुख समुदायको संस्कृति संरक्षण तथा जीवित संग्रहालय स्थापना गर्नुपर्ने विषय पनि उठाइएको छ । 

दूरसञ्चार पहुँच विस्तारतर्फ कैलाश राक्सीराङलगायत विकट क्षेत्रमा मोबाइल नेटवर्क विस्तार गर्नुपर्ने तथा सम्पूर्ण निर्वाचन क्षेत्रलाई सहज सडक सञ्जालसँग जोड्न आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री शाहले सांसद उप्रेतीले उठाएका सबै विषयमा सकारात्मक प्रतिक्रिया दिँदै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.