दिनदहाडै सडकमै छात्राको हत्या

दिनदहाडै सडकमै छात्राको हत्या

भारत : भारत हिमाचल प्रदेशको मण्डी जिल्लाको गोपालपुर पञ्चायतअन्तर्गत पर्ने नैन गाउँ नजिक एक १९ वर्षीया कलेजकी छात्रा सिया गुलेरियाको दिनदहाडै सडकमा हत्या गरिएको छ ।

जिल्ला प्रहरीका अनुसार सोमबार बिहान भएको यस घटनामा एक अभियुक्तलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले बाली काट्ने धारिलो हतियारले पीडितको घाँटीमा पटक–पटक प्रहार गरेका थिए । यस घटनाले हिमाचल प्रदेशभर आक्रोश फैलाएको छ । ग्रामीण क्षेत्रमा महिलाको सुरक्षा, बस सेवाको अभाव र कानुन–व्यवस्थामाथि प्रश्न उठेको छ ।

को थिइन् मृतक छात्रा ?

सिया गुलेरिया नैन गाउँकी बासिन्दा थिइन् । उनी सरकाघाट कलेजमा भोकशनल कोर्सको दोस्रो वर्षमा अध्ययनरत थिइन् । परिवार र स्थानीयका अनुसार सिया मेहनती र पढाइमा राम्रो थिइन् । उनी आमासँगै सानी बहिनीको पनि राम्रो हेरचाह गर्थिन् ।

सानी बहिनीले हालै १२ कक्षाको परीक्षा दिएकी थिइन् र सियाले उनलाई कलेजमा भर्ना गराउने योजना बनाएकी थिइन् । सिया तीन बहिनीमध्ये माइली थिइन् । उनका बुबा जोगिन्द्र गुलेरिया ट्रक चालक हुन् । ठूली दिदी बद्दीमै काम गर्छिन् भने आमा र सानी बहिनी घरमै बस्छन् । सिया पढाइमा मात्र राम्रो नभई परिवारको आर्थिक सहयोग पनि गर्थिन् ।

छोरीको हत्यापछि भावुक सियाका बुबा जोगिन्द्र गुलेरियाले भने, ‘आज बिहान मात्रै मेरो सियासँग कुरा भएको थियो । करिब ९ बजे ऊ कलेज जान्थी । त्यसपछि मैले घरखर्चका लागि पैसा पठाएर श्रीमतीलाई फोन गरें । जे सुनें, त्यसले मेरो खुट्टामुनिको जमिन नै भासियोे । केही बेरअघि जसको हाँसो–खुशीको आवाज सुनेर मन खुशी भएको थियो, त्यही छोरीसँग यस्तो भयो । जुन कुरा सपनामा पनि सोच्न सक्दिनँ, त्यही भयो ।’
 

सियाले आमा र सानी बहिनीको धेरै ख्याल राख्ने गरेको उनले सुनाए । उनी सानी बहिनीलाई १२ कक्षा सकेपछि कलेजमा भर्ना गराउने र परिवारको खर्च उठाउने योजना बनाइरहेकी थिइन् । छोरीको हत्यापछि सियाकी आमाको अवस्था खराब भएको छ । पूरा परिवार शोकमा डुबेको छ । गाउँलेका अनुसार सडकको अवस्था खराब हुनु र बस सेवा नहुनुले सियालाई पैदल मुख्य चोकसम्म जानुपर्ने हुन्थ्यो ।

हत्याको क्रूर विवरण
प्रहरीका अनुसार सिया बिहान कलेज जान घरबाट निस्किएकी थिइन् । गोपालपुरको नैन गाउँ नजिकको सुनसान ठाउँमा हमलाकारीले उनलाई रोकेर हतियारले आक्रमण गरेको थियो । सियाले आफूलाई जोगाउन अनुरोध गरेकी थिइन् । तर पनि अभियुक्तले घाँटीमा लगातार प्रहार गर्‍यो, जसले गर्दा उनको हात समेत काटिएको थियो । शवलाई पोस्टमार्टमका लागि नेरचौक मेडिकल कलेज पठाइएको थियो र त्यसपछि मंगलबार बिहान गाउँमै अन्त्येष्टि गरिएको थियो ।

के भन्छन् सियाका साथी ?
सियाकी साथी कशिश, जो सधैं उनीसँगै कलेज जान्थिन्, उनले माही गाउँको बस स्टपमा सियाको प्रतीक्षा गरिरहेकी थिइन् । दुवै मोबाइलमा कुरा गरिरहेका थिए । सियाले भनिन् ‘उनी दुई मिनेटमा बस स्टपमा पुग्नेछिन् । त्यही बेला फोनमा दुई पटक चिच्याएको आवाज सुनियो । घटनास्थलमा पुग्दा सिया रगतले लतपतिएको अवस्थामा भुइँमा लडिरहेकी थिइन् ।’

अर्की साथी कशिशले भनिन्, ‘हामी सधैं सँगै कलेज जान्थ्यौं । सिया नैन गाउँबाट माही बस स्टपसम्म पैदल आउँथिन् । अहिलेसम्म कसैले उनलाई दुःख दिएको वा केही भनेको घटना थिएन । घरबाट निस्किने बित्तिकै उनले मलाई फोन गर्थिन् ।’ ‘आज पनि मैले उनलाई सोध्न फोन गरेकी थिएँ । अहिले उनको चिच्याएको आवाज कानमा गुन्जिरहेको छ । मलाई बुझ्न गाह्रो भइरहेको छ-किन यस्तो भयो ? किन उनलाई यति निर्दयी तरिकाले मारियो ?’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.