प्रधानमन्त्री कार्यालयले माग्यो सबै मन्त्रालयसँग सवारी साधनको विवरण
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयसँग सवारी साधनको विवरण पठाउन निर्देशन दिएको छ।
बुधबार प्रधानमन्त्री कार्यालयले मन्त्रालय र अन्तर्गतका विभाग तथा कार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण पठाउन निर्देशन दिएको हो।
बिहीबार कार्यालय समयभित्र उक्त विवरण पठाइसक्न कार्यालयले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !