कांग्रेसले गठन गर्‍यो विभिन्न समिति

कांग्रेसले गठन गर्‍यो विभिन्न समिति
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमाथि अध्ययन गर्न पार्टीले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ। 

पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित आन्तरिक अध्ययन समितिले प्रतिवेदन बुझाएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

आन्तरिक प्रतिवेदनमाथि बैठकमा छलफल सुरु भएको र जाँचबुझ आयोगको प्रतिवेदनमाथि पार्टीको धारणा बिहीबार सार्वजनिक हुने उनले बताए। साथै उनले पार्टीको सदस्यता व्यवस्थापनलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले पनि महत्वपूर्ण काम भइरहेको समेत बताए।

उनले महाधिवेशनको वातावरण बनाउनको असन्तुष्ट पक्षसँग संवाद गर्ने निर्णय भएको समेत जानकारी दिए। त्यस्तै बैठकले राजनीतिक दलहरूसँग सहकार्य गर्दै एउटै मत बनाउनका लागि संवाद गर्न पार्टीका नेता अर्जुन नरसिंह केसीको संयोजकत्वमा वार्ता समिति समेत बनाएको प्रवक्ता चालिसेले बताए। 

बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान गठन गरेको छ भने आगामी निर्वाचनलाई व्यवस्थित र दीर्घकालीन रूपमा व्यवस्थापन गर्न उपसभापति पुष्पा भुसालको संयोजकत्वमा निर्वाचन ब्यूरो गठन गरिएको प्रवक्ता चालिसेले बताए। 

त्यस्तै बैठकले महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा संगठन परिचालन समिति गठन गरिएको छ। त्यसैगरी १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता व्यवस्थापनका लागि बैठकले महामन्त्री प्रदीप पौडेलको संयोजकमा समिति समेत गठन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.