बादलका अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ
काठमाडौं : प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एमाले उपाध्यक्ष एवम् एमाले संसदीय दलका नेता राम बहादुर थापा मगरको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन्। रास्वपाका सांसद मनिष झाले बादलले रोस्टमबाट बोलेका अभिव्यक्तिप्रति आज पनि आपत्ति जनाएपछि सभामुख अर्यालले संसदीय मूल्य मान्यता विपरीत भएको भन्दै हटाउन निर्देशन दिएका हुन्।
बैठकमा सभामुख अर्याल र प्रतिपक्षबीच सवाल जवाफ भएको छ।
यसैगरी आजको बैठकमा न्यायाधीशहरूबारे राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको टिप्पणीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको थियो। रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सर्वोच्च अदालतको न्यायाधीश भएर ‘व्यापारिक घरानाका कार्यक्रममा जाने, दुई तिहाइको सरकारलाई ललकार्ने ?’ भन्दै प्रश्न गरेपछि कांग्रेसका सचेतक निश्कल राईले आपत्ति जनाएका हुन्।
प्रतिक्रिया दिनुहोस !