काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित भए सदन बहिष्कार गर्ने चेतावनी दिएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन शाहको उपस्थितिको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेका छन्।
सदन अवरोधपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद केसीलाई बोल्न समय दिएका दिए। बोल्ने क्रममा सांसद केसीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे। उनले प्रधानमन्त्री अनुपस्थित रहे सदन बहिष्कार गर्ने चेतावनी समेत दिए।
'जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने त्यसमा हामी सहभागी हुन सक्दैनौं। हामीले बहिष्कार गर्नुपर्ने हुन्छ,'उनले भने,'नीति तथा कार्यक्रम भनेको औपचारिक सरकारको घोषणपत्र हो। राष्ट्रपतिले घोषणा पत्र पढ्दा पढ्दै प्रधानमन्त्रीजी उठेर हिँडिदिने। यो विषयमा सांसदले राखेको धारणा सुन्न पनि नआउने। प्रस्ताव प्रस्तावना गर्न पनि नआउने।हुँदाहुँदा जवाफमा पनि नआउने हो भने त्यो अत्यन्त गम्भीररुपमा लिन्छौं।'
प्रतिक्रिया दिनुहोस !