प्रतिनिधिसभा बैठकमा के हुँदैछ ? (लाइभ)


काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरू भएको छ। आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलपछि आजै प्रधानमन्त्री बालेन शाहले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ। आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ।

यद्यपि कार्यसूचीमा समावेश भएपनि बुधबार प्रधानमन्त्री बालेन बैठकमा सहभागी नभएपछि विपक्षी दलले विरोध गरेका थिए। बैठक ३ पटक बसेपनि नीति तथा कार्यक्रममाथि छलफल हुन सकेन।  अवरोध जारी राखेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। दलहरूले प्रधानमन्त्रीले संसद्‍को अपमान गरेको भन्दै आपत्ति जनाएका छन्। 

विपक्षी दलहरूले  नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने अडान राखेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.