सुनको मूल्य घट्यो,तोलाको कतिमा हुँदैछ कारोबार?
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ४ हजार रुपैयाँले घटेको छ। बिहीबारको तुलनामा सुन ४ हजार रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन ४ हजार रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ९८ हजार ५०० कायम भएको छ। बिहीबार एक तोला सुन ३ लाख २ हजार ५०० पुगेको थियो।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार चाँदी ३५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३९० रुपैयाँ कायम छ।
बिहीबार सोही परिमाणको चाँदी ५ हजार ७४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !