अमेरिकाको ‘ग्यास स्टेशन’ को प्रणाली ‘ह्याक’, इरानले गरेको आशंका

अमेरिकाको ‘ग्यास स्टेशन’ को प्रणाली ‘ह्याक’, इरानले गरेको आशंका

अमेरिका : ह्याकरहरूले अमेरिकाका ग्यास स्टेशनहरूमा प्रयोग हुने ट्याङ्क रिडर प्रणालीमा अनधिकृत पहुँच बनाएका छन् । अमेकिी अधिकारीहरूले यसमा इरान संलग्न भएको शंका गरेका छन् । अमेरिकी अधिकारीहरूले धेरै राज्यहरूमा रहेका ग्यास स्टेशनहरूलाई इन्धन आपूर्ति गर्ने भण्डारण ट्याङ्कहरूको स्तर निगरानी गर्ने प्रणालीहरूमा भएको साइबर आक्रमण पछाडि इरानी ह्याकरहरू हुन सक्ने शंका गरेका छन् । यसबारे जानकारी पाएका धेरै स्रोतहरूका अनुसार यस्तो संकेत देखिएको हो ।

ह्याकरहरूले ‘अटोमेटिक ट्याङ्क गेज’ प्रणालीलाई लक्षित गरेका थिए, जुन इन्टरनेटमा जडान गरिएको र पासवर्ड बिना नै सुरक्षित नभएको अवस्थामा थियो । यसले ह्याकरहरूलाई कतिपय अवस्थामा ट्याङ्कको वास्तविक इन्धनस्तर परिवर्तन नगरी केवल डिस्प्ले (देखिने) तथ्याङ्कसँग छेडछाड गर्न अनुमति दिएको स्रोतहरूले बताएका छन् ।

यी साइबर घुसपैठहरूले अहिलेसम्म कुनै भौतिक क्षति वा मानवीय हानी गरेको प्रमाण छैन । तर, विशेषज्ञहरू र अमेरिकी अधिकारीहरूका अनुसार यस्तो प्रणालीमा पहुँच पाएमा भविष्यमा इन्धन चुहावट जस्ता खतराहरू नदेखिने अवस्था बन्न सक्ने भएकाले सुरक्षा चिन्ता बढेको छ । अनुसन्धानसँग परिचित स्रोतहरूका अनुसार इरानले पहिले पनि यस्ता ग्यास ट्याङ्क प्रणालीहरूलाई लक्ष्य बनाएको इतिहास भएकाले पनि यो देश मुख्य शंकास्पद मानिएको हो । तर, स्रोतहरूले चेतावनी दिएका छन् कि स्पष्ट फरेन्सिक प्रमाणको अभावका कारण अमेरिकी सरकारलाई जिम्मेवार पक्षलाई निश्चित रूपमा पहिचान गर्न गाह्रो हुन सक्छ ।

यदि इरानको संलग्नता पुष्टि भयो भने, यो अमेरिकाको गृहभूमिमा रहेका महत्वपूर्ण पूर्वाधारलाई लक्षित गर्ने तेहरानको अर्को कदम हुनेछ । अमेरिका र इजरायलबीचको युद्धका बीच इरान अझै ड्रोन वा क्षेप्यास्त्रले नपुग्ने तर साइबर माध्यमबाट आक्रमण गर्ने प्रयासमा रहेको देखिन्छ ।
यसले ट्रम्प प्रशासनका लागि राजनीतिक रूपमा संवेदनशील विषय पनि बन्न सक्छ, किनकि युद्धका कारण बढेको पेट्रोलियम मूल्यबारे थप ध्यान जान सक्छ ।

हालैको सीएनएनको सर्वेक्षण अनुसार ७५ प्रतिशत अमेरिकी वयस्कहरूले इरान युद्धले उनीहरूको आर्थिक अवस्थालाई नकारात्मक असर पारेको बताएका छन् । यो ह्याकिङ अभियानले धेरै अमेरिकी महत्वपूर्ण पूर्वाधार सञ्चालकहरूका लागि चेतावनी पनि हो, जसले वर्षौँदेखि संघीय सरकारको आग्रहका बाबजुद आफ्नो प्रणाली सुरक्षित गर्न संघर्ष गर्दै आएका छन् । 

इरानका ह्याकर समूहहरूले लामो समयदेखि कमजोर सुरक्षा भएका, इन्टरनेटमा जोडिएका अमेरिकी प्रणालीहरू खोज्दै आएका छन्, जसमा तेल, ग्यास र पानीसम्बन्धी पूर्वाधार पनि पर्छन् । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि अमेरिकी अधिकारीहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्ससँग सम्बन्धित ह्याकरहरूलाई पानी आपूर्ति प्रणालीमा गरिएको आक्रमणसँग जोडेर आरोप लगाएका थिए, जसमा उपकरणहरूमा इजरायलविरोधी सन्देश देखाइएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.