आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा हावाहुरीको पनि सम्भावना
काठमाडौं : आइतबार कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ।
आइतबार राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, कर्णाली प्रदेशको हिमाली भू-भाग र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !