काठमाडौंमा चक्कु प्रहार गरी एक युवकको हत्या
काठमाडौं : चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा एक जनाको हत्या भएको छ । प्रहरी वृत्त थानकोटका अनुसार महोत्तरी घर भएका ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता बताउने महोत्तरीको गौशाला नगरपालिकाका २५ वर्षीय जाकिर मन्सुरीलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएकोको थियो। उनको उपचारको क्रममा गएराति ९:३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ।
प्रहरी वृत्त थानकोटका अनुसार चक्कु प्रहार गर्ने समी अहमदलाई नियन्त्रणमा लिएको छ । शवलाई जाँच मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !