३३ औं मदन–आश्रित स्मृति दिवस

जबजको मूल मर्म भनेको जनताको मत, अधिकार र जनतामाथिको अटुट विश्वास हो : भण्डारी

जबजको मूल मर्म भनेको जनताको मत, अधिकार र जनतामाथिको अटुट विश्वास हो : भण्डारी
फाइल तस्बिर।
सुन्नुहोस्

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो। यदि पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ। त्यसैले हामीले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ।’

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जबजको मूल मर्म भनेको जनताको मत, जनताको अधिकार र जनतामाथिको अटुट विश्वास भएको बताएकी छन्।  ३३ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा जबजका प्रवर्तक जननेता मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले जनताको विश्वास नै राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति भएको बताइन्।

‘उहाँहरूको स्मृति नेपाली राजनीति, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सदैव सम्मानका साथ जीवित रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु।’उनले भनिन्,‘जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई केवल संगठनात्मक उचाइमा मात्र होइन, वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुऱ्याउनुभएको थियो। उहाँहरूले राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय हो, जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई अझ गहिरोसँग स्थापित गर्नुभयो।’

गौरवका साथ स्मरण गर्ने नेकपा (एमाले) ले मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गरेको “जनताको बहुदलीय जनवाद” नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको उनको भनाई छ। मदन पत्नी रहेकी भण्डारीले जबजलाई हामीले नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगको रूपमा आत्मसात गरिएको बताइन्। लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताइन्। ‘जबजको मूल मर्म भनेको जनताको मत, जनताको अधिकार र जनतामाथिको अटुट विश्वास हो। बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक अभ्यास, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउने यसको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ।’

उनले जीवराज आश्रितले पार्टी संगठन निर्माण, कार्यकर्ता प्रशिक्षण, अनुशासन र वैचारिक प्रतिबद्धताको विकासमा पुऱ्याउनुभएको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताइन्। भण्डारीले विगतका उपलब्धिहरूसँगै वर्तमानका चुनौतीहरूप्रति पनि गम्भीर हुन आवश्यक रहेको बताइन्। ‘यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेका छन्। जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो। यदि पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ। त्यसैले हामीले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ। राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढङ्गले क्रियाशील हुनै पर्दछ।’उनले भनिन्,‘आज मदन–आश्रितको स्मृतिको अवसरमा हामीले आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न प्रेरणा लिनु पर्छ।’


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.