जेनजी घटनासम्बन्धी कार्की आयोग र मानव अधिकार आयोगको प्रतिवेदन किन सार्वजनिक भएन?

जेनजी घटनासम्बन्धी कार्की आयोग र मानव अधिकार आयोगको प्रतिवेदन किन सार्वजनिक भएन?

काठमाडौं : नेपाली कांग्रेस सांसद अर्जुन नरसिंह केसीले गत भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंशात्मक घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले बुझिसकेको भए पनि अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका छन्। उनले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गरी संसदका सबै सदस्यलाई उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले यस्ता गम्भीर प्रकृतिका घटनामाथि बनेका प्रतिवेदन गोप्य राखिनु लोकतान्त्रिक मूल्य–मान्यता र पारदर्शिता विपरीत हुने बताए। 

केसीले भदौ २३ देखि २६ गतेसम्म भएका हिंसात्मक घटनाको अध्ययन तथा अनुसन्धान गर्न लिली थापाको संयोजकत्वमा तयार पारिएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि अझै सार्वजनिक नगरिएको भन्दै आक्रोश व्यक्त गरे।

उनले उक्त प्रतिवेदन किन रोकिएको हो,कसको स्वार्थमा सार्वजनिक नगरिएको हो भन्नेबारे संसदलाई स्पष्ट जानकारी दिन सरकारसँग माग गरे।

उनले हिंसात्मक घटनामा ज्यान गुमाएका नागरिक,घाइते भएका सर्वसाधारण तथा पीडित परिवारप्रति राज्य संवेदनशील हुनुपर्ने उल्लेख गर्दै सत्यतथ्य बाहिर ल्याउनु सरकारको दायित्व भएको बताए। 'घटनाको निष्पक्ष छानबिन गरेर दोषी पहिचान गर्नु र कानुनबमोजिम कारबाही गर्नु राज्यको जिम्मेवारी हो,'उनले भने।

केसीले दुवै प्रतिवेदन लुकाउने,जनतालाई भ्रममा राख्ने तथा घटनालाई ढाकछोप गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिँदै तत्काल सार्वजनिक गर्न माग गरे। साथै,उनले प्रतिवेदनमा औंल्याइएका दोषी व्यक्तिमाथि कानुनबमोजिम हदैसम्मको कारबाही गर्नुपर्नेमा  जोड दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.