मस्जिद र विद्यालय नजिकै तीन जनाको गोली हानी हत्या

मस्जिद र विद्यालय नजिकै तीन जनाको गोली हानी हत्या
सुन्नुहोस्

अमेरिका : अमेरिकाको सान डिएगोमा रहेको ‘इस्लामिक सेन्टर अफ सान डिएगो’ मा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले यस घटनालाई घृणाजन्य अपराधको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

‘स्कट वाल’ का अनुसार सोमबार मस्जिद र विद्यालय समेत रहेको उक्त इस्लामिक केन्द्रमा आक्रमण गर्ने दुई संदिग्ध हमलाकारी मृत अवस्थामा फेला परेका छन् । उनीहरूले आफूलाई आफैं गोली हानेको अनुमान गरिएको छ । ‘घटना इस्लामिक केन्द्रमा भएकाले, यसको कारण स्पष्ट नहुन्जेलसम्म हामी यसलाई हेट क्राइमकै रूपमा हेर्दैछौं’, उनले पत्रकार सम्मेलनमा भने ।

प्रहरीका अनुसार संदिग्धहरू १७ र १९ वर्षका दुई युवक हुन् । मृत्यु हुने तीनै जना वयस्क थिए भने विद्यालयका बालबालिकालाई शारीरिक क्षति पुगेको छैन । मृतकमध्ये एक जना इस्लामिक केन्द्रका सुरक्षा गार्ड रहेको र उनले ठूलो क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

घटनाभन्दा दुई घण्टा अघि एक संदिग्धकी आमाले आफ्नो छोरा आत्महत्या गर्ने अवस्थामा रहेको, केही हतियार र कार लिएर हराएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.