बंगलादेशमा ७०० किलोको ‘डोनाल्ड ट्रम्प’ भैंसी ‘भाइरल’, सेल्फी खिच्न भीड
बंगलादेश : बंगलादेशमा बकरा ईद (ईद–उल–अजहा) नजिकिँदै गर्दा ७०० किलो तौल भएको दुर्लभ ‘एल्बिनो’ (सेतो) भैंसी सामाजिक सञ्जालमा भाइरल बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै सुनौलो कपाल भएकाले यसको नाम नै ‘डोनाल्ड ट्रम्प’ राखिएको छ ।
ढाका नजिकै नारायणगञ्ज जिल्लाको एक फार्ममा पालिएको यो भैंसी हेर्न र सेल्फी खिच्न मानिसहरूको ठूलो भीड लागिरहेको छ । सामान्यतया दक्षिण एशियामा कालो रंगका भैंसी बढी पाइने भएकाले यस्तो क्रीम रंगको दुर्लभ भैंसी धेरैका लागि आकर्षणको केन्द्र बनेको हो ।
किन राखियो ‘डोनाल्ड ट्रम्प’ नाम ?
शान्त स्वभाव र विशेष हेरचाह
फार्म सञ्चालक जियाउद्दीन मृधाका अनुसार यो एल्बिनो भैंसी निकै शान्त स्वभावको छ । सामान्य भैंसीजस्तो आक्रामक नभई यसले कसैले उक्साएमा मात्र प्रतिक्रिया दिने गर्छ । ईदअघि यसलाई स्वस्थ राख्न विशेष हेरचाह गरिएको थियो । दिनमा चार पटक नुहाइने र विशेष प्रकारको चारो खुवाइने गरिएको बताइएको छ । अहिले भने यो भैंसी कुर्बानीका लागि एक ग्राहकलाई हस्तान्तरण गरिसकिएको छ । बकरा ईद मे २८ मा मनाइँदैछ र सोही दिन यसको कुर्बानी दिइने बताइएको छ ।
बंगलादेशमा पछिल्ला वर्षहरूमा ईदका बेला विशालकाय र फरक देखिने जनावर किन्ने चलन बढेको छ । चर्चित नेता, खेलाडी वा सेलिब्रिटीको नाम राखिएका जनावर सामाजिक सञ्जालमा छिट्टै भाइरल हुने गरेका छन् ।
एल्बिनो भैंसी भनेको के हो ?
एल्बिनो एक आनुवंशिक अवस्था हो, जसमा शरीरमा मेलेनिन (रंग दिने तत्व) कम हुन्छ । त्यसैले यस्ता जनावरको छाला कालो नभई सेतो वा क्रीम रंगको हुन्छ र कपाल पनि हल्का वा सुनौलो देखिन्छ ।
प्रतिक्रिया दिनुहोस !