भारत भ्रमणअघि अमेरिकी विदेशीमन्त्रीको अभिव्यक्तिले नयाँ बहस

भारत भ्रमणअघि अमेरिकी विदेशीमन्त्रीको अभिव्यक्तिले नयाँ बहस

अमेरिका : अमेरिकी विदेशमन्त्री म्याक्रो रुबियोले भारत भ्रमणअघि दिएको अभिव्यक्तिले भारतको ऊर्जा तथा विदेश नीतिमा नयाँ बहस सुरु गरेको छ । उनले अमेरिका भारतसँग ऊर्जा सहकार्य विस्तार गर्न तयार रहेको भन्दै भारतले चाहे जति अमेरिकी तेल खरिद गर्न सक्ने बताएका छन् ।

मियामीमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले भने, ‘भारतले अमेरिकाबाट जति तेल किन्न चाहन्छ, हामी उपलब्ध गराउन तयार छौं । अहिले अमेरिका रेकर्डस्तरमा तेल उत्पादन र निर्यात गरिरहेको छ ।’ रुबियो मे २३ देखि २६ सम्म भारत भ्रमणमा छन् । यस क्रममा उनले कोलकाता, आग्रा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्नेछन् । उनी क्वाड समूहको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत आएका हुन् । क्वाडमा अमेरिका, भारत, जापान र अष्ट्रेलिया सदस्य छन् ।

भेनेजुएलासम्बन्धी टिप्पणीले उठायो प्रश्न

रुबियोले भारत र भेनेजुएलाबीच ऊर्जा सहकार्यका सम्भावना रहेको पनि बताएका छन् । उनले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज आगामी साता भारत भ्रमणमा आउने जानकारी गराएका थिए । यस अभिव्यक्तिपछि भारतीय विपक्षी दल कांग्रेसका वरिष्ठ नेता  जयराम रमेशले प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भारत वा भेनेजुएलाले आधिकारिक घोषणा नगरेको भ्रमणबारे अमेरिकी विदेशमन्त्रीलाई पहिले नै कसरी जानकारी भयो भनेर प्रश्न गरेका हुन् ।

दक्षिण एशियाली विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध प्राध्यापक धनञ्जय त्रिपाठीका अनुसार अमेरिका विश्वव्यापी तेल आपूर्तिमा आफ्नो नियन्त्रण बढाउन चाहन्छ । उनले भने, ‘रुसबाट तेल आयातमा कडाइ, भेनेजुएलामा सत्ता परिवर्तन र इरानमाथिको दबाबलाई एउटै रणनीतिक श्रृंखलाका रूपमा हेर्न सकिन्छ । भारत ऊर्जा आवश्यकताका लागि आयातमा निर्भर भएकाले कुनै एक देशमा पूर्ण निर्भर हुनु रणनीतिक गल्ती हुन सक्छ ।’

त्रिपाठीका अनुसार पश्चिम एशियामा आगामी वर्ष पेट्रोडॉलर प्रणालीमाथि प्रश्न उठ्न सक्छ । अहिले विश्वव्यापी तेल कारोबार मुख्यतः अमेरिकी डलरमा हुने भएकाले डलरको प्रभुत्व कायम छ । यदि तेल कारोबार अन्य मुद्रामा हुन थाल्यो भने त्यसले अमेरिकी आर्थिक वर्चस्वलाई चुनौती दिन सक्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.