ट्रम्पले दिए इरानमाथि फेरि हमलाको संकेत, किन बोलाए सुरक्षा अधिकारीहरुको वैठक ?
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानमाथि आक्रमण गर्न सक्ने संकेत दिएका छन् । अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि भइरहेको वार्ता निष्कर्षमा नपुगे युद्धको खतरा अझै कायम रहेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ ।
यदि अन्तिम समयको वार्ता असफल भयो भने ट्रम्पले इरानविरुद्ध नयाँ सैन्य आक्रमण सुरु गर्ने विषयमा ‘गम्भीरतापूर्वक विचार’ गरिरहेका रिपोर्टमा दावी गरिएको छ । यस विषयमा छलफल गर्न ट्रम्पले शुक्रबार बिहान राष्ट्रिय सुरक्षा टोलीका वरिष्ठ अधिकारीहरूको बैठक बोलाएका थिए ।
तेहरान पुगे पाकिस्तानी सेना प्रमुख
कतारको एक प्रतिनिधिमण्डलले पनि अन्तिम समयमा सम्झौता गराउने प्रयास गरिरहेको बताइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार वार्ता ‘अत्यन्त चुनौतीपूर्ण’ बनेको छ र सम्झौताको मस्यौदा दैनिक रूपमा फेरबदल भइरहे पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।
परमाणु हतियार मुख्य विवाद
ह्वाइट हाउसमा भएको बैठकमा उपराष्ट्रपति जेडी भान्स, रक्षा मन्त्री पिट हेगसेथ, सीआईएका निर्देशक जोन रैटक्लिफलगायत सहभागी थिए । ट्रम्पले कार्यक्रममा बोल्दै भने, ‘इरान सम्झौता गर्न चाहन्छ, अब के हुन्छ हेर्न बाँकी छ । तर हामीले उनीहरूलाई कडा झट्का दिएका छौं । इरानसँग परमाणु हतियार हुन सक्दैन ।’ अमेरिकी विदेशमन्त्री म्याक्रो रुबियोले स्विडेनमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको वार्तामा ‘सामान्य प्रगति’ भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !