ट्रम्पको सुरक्षा जाँच चौकीमा गोली चल्यो, संदिग्ध बन्दुकधारी मारिए

ट्रम्पको सुरक्षा जाँच चौकीमा गोली चल्यो, संदिग्ध बन्दुकधारी मारिए
सुन्नुहोस्

अमेरिका : ह्वाइट हाउसको सुरक्षा जाँच चौकीतर्फ आएका एक बन्दुकधारीले गोली चलाएपछि उनलाई जवाफी कारबाहीमा मारिएको छ । घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै थिए । शनिबार केही समयका लागि ह्वाइट हाउस क्षेत्रमा कडा सुरक्षा सतर्कता अपनाइएको थियो । लगातार गोली चलेको आवाज सुनेपछि त्यहाँ रहेका पत्रकारहरू जोगिन दौडिएका थिए । गोलीकाण्डका क्रममा एक सर्वसाधारण पनि घाइते भएका छन् । सिक्रेट सर्भिसले भनेको छ, ‘ती व्यक्ति सुरुमा संदिग्धको गोलीबाट घाइते भए वा त्यसपछि भएको दोहोरो गोली हानाहानका क्रममा लाग्यो भन्ने अझै स्पष्ट छैन ।’

सिक्रेट सर्भिसका कुनै पनि कर्मचारी घाइते नभएको र राष्ट्रपति ट्रम्पलाई कुनै असर नपरेको अधिकारीहरूले बताएका छन् । केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत सुरक्षा निकायको ‘द्रुत र व्यावसायिक कारबाही’ को प्रशंसा गरेका छन् । उनले एक महिनाअघि वाशिङ्टनस्थित होटलमा भएको ह्वाइट हाउस संवाददाता संघको वार्षिक रात्रिभोज कार्यक्रममा भएको गोलीकाण्डको उल्लेख गर्दै भविष्यका राष्ट्रपतिका लागि अझ सुरक्षित संरचना आवश्यक रहेको बताएका छन् ।

संदिग्ध व्यक्तिको नाम आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । तर अमेरिकी सञ्चारमाध्यमहरूले ती व्यक्तिलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको र गत वर्ष पनि अनुमति बिना अर्को ह्वाइट हाउस सुरक्षा चौकीबाट प्रवेश गर्न खोज्दा पक्राउ गरिएको बताएका छन् । उनलाई ‘स्टे अवे अर्डर’ अर्थात् टाढा रहन आदेश समेत दिइएको थियो ।

अमेरिकी सिक्रेट सर्भिसका अनुसार स्थानीय समयअनुसार साँझ ६ बजेतिर ती व्यक्ति १७औं स्ट्रिट र पेन्सिल्भेनिया एभिन्यु नजिकको ह्वाइट हाउस गेटमा पुगेका थिए । त्यसपछि उनले पेस्तोल निकालेर गोली चलाएका थिए । राष्ट्रपति र उपराष्ट्रपतिलाई सुरक्षा दिने सिक्रेट सर्भिसका अधिकारीहरूले जवाफी गोली चलाउँदा संदिग्ध घाइते भएका थिए । उनलाई अस्पताल लगिएको थियो, जहाँ पछि उनको मृत्यु भएको हो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.