सरकारलाई गल्ती गर्ने छुट हुँदै हुँदैन : हर्क साम्पाङ


काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकारलाई गल्ती गर्ने छुट हुँदै नहुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री बालेन शाह संसदमा आएर नेपालले भारतकोा सीमा कहाँ–कहाँ मिचेको रहेछ भन्ने पुष्टि गर्नुपर्ने बताए ।

उनले देशको अस्तित्व र सीमाना र सार्वभौमसत्ता जोगाउने कुरामा सबै सांसद एक ठाउँ हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले संसदबाट नेपालले भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्ति सच्याउनु पर्ने बताए । उनले यसका लागि प्रधानमन्त्री संसदमा आउनु पर्ने बताए ।

सांसद राईले संसदका प्रत्येक सदस्यले बैठकमा आउनु पर्ने र बैठक अगाडि हाजिर गर्नुपर्ने नियमावलीमा व्यवस्था रहेको बताउँदै प्रधानमन्त्रीको हाजिर छ कि छैन भनेर प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीले हाजिर गरेको नपाइए संसदको सदस्य नरहेको ठहर हुने बताउँदै सांसद राइले प्रश्न गरे, ‘प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस् ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.