सेमिफाइनलमा साविक विजेता बंगलादेशको सामना गर्न नेपाल तयार छ : प्रशिक्षक न्यौपाने

सेमिफाइनलमा साविक विजेता बंगलादेशको सामना गर्न नेपाल तयार छ : प्रशिक्षक न्यौपाने
सुन्नुहोस्

काठमाडौं : नेपालले साफ महिला च्याम्पियनसिपमा बुधबार सेमिफाइनल खेल खेल्दैछ । भारतको गोवामा भइरहेको यस प्रतियोगितामा नेपालले साविक विजेता टोली बंगलादेशलाई खेल्ने छ । नेपालले साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेशसँग खेल्ने छ । 

समूह ‘ए’ को विजेताको रुपमा नेपालले समूह ‘बी’ को उपविजेता बंगलादेशसँग खेल्ने छ । नेपालले सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्न अघिल्ला २ खेलहरुमा भन्दा निकै मेहनत गर्नुपर्ने प्रमुख प्रशिक्षक नवीन न्यौपानेले खेल अगाडि पत्रकारसँग बताएका छन् । ‘सेमिफाइनमा नेपालले समूह चरणको अघिल्लो खेलहरु भन्दा फरक खेल्न सक्नु पर्छ । हामीले त्यहीअनुसार योजना बनाएका छौं’, उनले भने ।

बंगलादेश साविक विजेता टोली भएकाले शारीरिक रुपमा नेपालभन्दा बलियो रहेको प्रशिक्षक न्यौपानेले बताए । ‘बंगलादेश बलियो टिम हो । बंगलादेशका खेलाडीहरु शारीरिक रुपमा निकै फिट छन् । भोलि (बुधबार) हुने खेलमा हामी निकै कम अवसर पाउने छौं । पाएको अवसर हामीले सदुपयोग गर्नुपर्छ । त्यो गरेन भने हामीलाई सेमिफाइनलमा निकै गाह्रो हुनेछ ।’

अघिल्ला खेलहरुमा नेपालले पाएको अवसर सदुपयोग गर्न सकेको थिएन । फिनिसिङ लाइनमा चुकेको नेपालले फाइनल खेल्ने हो भने त्यो गल्तीहरु गर्ने छुट हुने छैन । नेपालको टिममा मिडपिल्ड विशेषज्ञ मानिने प्रिती राई जोडिएकी छिन् । कम्बोडियामा लिग खेलिरहेकी प्रिती सेमिफाइन खेल्न भारत आइपुगेकी हुन् । उनी आएसँगै नेपाली टिममा आत्मविश्वास भरिएको प्रशिक्षक न्यौपानेले बताए । ‘प्रिती पनि हिजो (सोमबार) आइपुगेको छ । उनी आइपुगेसँगै सबै जना मानसिक रुपमा अझ बलियो बनेका छन्’, उनले भने ।

नेपालले सेमिफाइनलमा फरक अवधारणा र फरक रणनीति अपनाउने प्रशिक्षक नवीनले बताए । ‘पहिलो रोजाइमा हामीले श्रीलंकासँगको खेलमा भन्दा फरक हुनेछ । हरेक खेलाडीले शतप्रतिशत दिनै पर्छ । उसले शतप्रतिशत दिएन भने, प्रतिस्थापित खेलाडीले खेल्नपर्ने हुन्छ ।’ नेपाली टिमका खेलाडी सबै फिट रहेको उनले बताए । पहिलो खेलमा नेपाललाई गोवाको वातावरणमा घुलमिल हुन समस्या भएको उनले बताए । ‘खेलाडीहरुमा फिटनेसमा समस्या छैन । पहिलो खेलमा यहाँ वातावरणमा घुलमिल हुन गाह्रो भएको थियो । दोस्रो खेलबाट हामीलाई सहज भएको छ । सेमिफाइनलमा वातावरणको बहाना बनाउने ठाउँ नै छैन ।’

६ पटकको रजत पदक विजेता नेपाल फाइनलमा स्थान बनाउन चाहन्छ । यसका लागि नेपालले साविजक विजेता बंगलादेशलाई सेमिफाइनलमा रोक्नु पर्ने हुन्छ । बंगालदेश हाल परिवर्तनको चरणमा रहेको छ । पूराना खेलाडीभन्दा बढी टिममा नयाँ खेलाडी रहेका छन् । जसका कारण लगातार २ पटक उपाधि जितेको जस्तो बलियो बंगलादेशी टिम रहेको छैन । यस विषयमा नेपालका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘बंगलादेश रुपान्तरणको प्रक्रियामा भएको कारणले पहिलाको जस्तो बंगलादेशी टोली छैन । तर यो टिम पनि शारीरिक रुपमा निकै बलियो छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.