कतारले नेपाललाई दियो ७७ रनको लक्ष्य
काठमाडौं : एसीसी महिला प्रिमियर कप २०२६ मा कतारले नेपाललाई ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कतार १६.५ ओभरमा ७६ रन बनाउँदै अल आउट भएको हो।
नेपालकी पूर्व कप्तान रुबिना क्षेत्रीको किफायती बलिङमा कतार ७६ रनमा रोकियो। कतारको लागि ओपनर ब्याटर गीतरुड चान्दिरुले सर्वाधिक २५ रन बनाइन् उनले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरिन्। पहिलो विकेटका लागि दुई ओपनरद्वय फातिमा मुकादमसँग उनले ३५ रनको साझेदारी बनाएकी थिइन्।
सुरुवात मध्यम भएपनि त्यसपछि भने कतारले लय समाउन सकेन । कप्तान आयशाले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् फलस्वरूप कतार ७६ रनमा रोकियो।
नेपालको लागि बलिङतर्फ रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन्। कविता कुँवर, रिया शर्मा र पूजा महतोले १-१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !