नेपालले आज सेमिफाइनलमा बंगलादेशसँग खेल्दै

नेपालले आज सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
सुन्नुहोस्

काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज सेमिफाइनलमा बंगलादेशसँग खेल्दैछ । नेपालले समूह ‘ए’ को विजेताको रुपमा समूह ‘बी’ को उपविजेता बंगलादेशसँग नेपाली समय ४ः१५ मा खेल्ने छ । 

यो खेल भारतको गोवास्थित जवारलाल नेहरु स्टेडियममा हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । 

नेपालले सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्न अघिल्ला २ खेलहरुमा भन्दा निकै मेहनत गर्नुपर्ने प्रमुख प्रशिक्षक नवीन न्यौपानेले खेल अगाडि पत्रकारसँग बताएका छन् । ‘सेमिफाइनलमा नेपालले समूह चरणको अघिल्लो खेलहरु भन्दा फरक खेल्न सक्नु पर्छ । हामीले त्यहीअनुसार योजना बनाएका छौं ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.